Comments Add Comment

हावामा यसरी उडे १६४ मानिस, बन्यो विश्वकिर्तिमान (भिडियो सहित)

Skydivers-flying0000

दुनियामा खतरनाक स्टन्ट देखाउने मानिसहरुको केही कमी छैन । अमेरिकामा पनि हालै सासै रोकिदिने खालको स्टन्ट देखाइएको छ । उक्त स्टन्टमा १-२ जना होइन १ सय ६४ जना मानिसहरु एकसाथ हावामा उडे अनि मानिसहरु उडेको देख्नेहरु जिल्ल परिरहे ।

अमेरिकाको शिकागोमा १ सय ६४ जना स्काइडाइभर्सले ३ सय ८६ किलोमिटर प्रतिघण्टाको स्पीडमा आकाशमा अहिलेसम्मकै सबैभन्दा ठूलो भर्टिकल फर्मेसनको रेकर्ड बनाएर देखाएका छन् ।

भिडियो हेर्नुहोस्

१ सय ६४ डाइभर्सहरुले उक्त भर्टिकल फर्मेसनका क्रममा आकाशमा ठूलो फूलको आकार बनाएका थिए । यसभन्दा पहिले सन् २०१२ मा १ सय ३८ जनाले स्काइडाइभ गरेर यस्तो रेकर्ड कायम गरेकोमा शिकागोमा हालै यो रेकर्ड तोडिएको हो । रेकर्ड तोड्नका लागि उक्त अन्तराष्ट्रिय टोलीले १३ पटक प्रयास गरेका थिए ।

किर्तिमानधारी डाइभमा अमेरिका, फिनल्याण्ड, युएइ, भेनेजुयला, अस्ट्रेलिया, फ्रान्स तथा बेल्जियम लगायतका देशका उत्कृष्ट स्काइडाइभर्सहरु  सहभागी भएका थिए ।

थप तस्वीरहरू हेर्नुहोस्

Skydivers-flying-1111

Skydivers-flying-3222

Skydivers flying 2

Skydivers flying 4

Skydivers flying 5

Skydivers flying 6

Skydivers flying 7

Skydivers flying 8

Skydivers flying 9

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment