Comments Add Comment

शाहरुख र सलमान साँच्चै साथी बन्न सक्लान ?

sharukh-and-salmanमुम्बई । अभिनेताद्धय शाहरुख खान र सलमान खानको सम्बन्धको विषयमा धेरै चर्चा हुन्छ बलिउडमा । जहिलेदेखिी यी दुई नायक बलिउडमा स्थापित भए सोही बेलादेखि उनीहरुको सम्बन्धवारे चर्चा सुरु भएको हो ।

उनीहरुको सम्बन्धका वारेमा आजसम्म लेखिएको समाचार हेर्ने हो भने राम्रो कुराले असाध्यै कम र नराम्रा प्रसंगले धेरै स्थान पाएको छ । तर, पछिल्लो समय शाहरुख सलमान यसरी अघि बढेका छन्, कुरा सुन्दा लाग्छ उनीहरु जस्तो मिल्ने साथी अरु छँदै छैन ।

अहिले खानद्धय एक अर्काको फिल्मको टिजरै नहोरी राम्रो छ भन्ने मात्रै हैन । सलमानले शाहरुख र शाहरुखले सलमानले अभिनय गरेको फिल्मको पोष्टर ट्वीटरमा पोष्ट गर्दै शुभकामना दिने गरेका छन् ।

करण जौहर निर्देशित चलचित्र ‘कुछ कुछ होता हे’ पछि यी नायक एउटै फिल्ममा देखिएका छैनन् । केही वर्ष त पौंठे जोरी नै खेलेरै बिताए । यी दुईको सम्बन्ध र पानी बराबर हुनुको मुख्य कारण नै अहंकार हो । सलमान र शाहरुख आफुलाई बलिउडका खम्बा सम्झन्थे भने एक अर्कासँग नबोल्दा नै आफ्नो स्टारडम बढेको भ्रम थियो दुबैलाई ।

उनीहरुको सम्बन्ध कटुतापूर्ण भएकै बेला अर्का नायक आमिर खानले पनि यी दुबैलाई मान्छे गनेनन् । आमिरको पुरानो भनाई अनुसार शाहरुख सलमान कलाकार होईनन् चटके हुन् ।

एक अर्कालाई आरोप प्रत्यारोप लगाए दशक बिताएका भएपनि तीन नायकहरु अहिले सम्बन्ध सुमधुर बनाउने प्रयाशमा छन् । एउटालाई समस्या पर्दा भेटेर सम्झाई बुझाई गर्दैनन् मात्रै पारिवारिक कार्यक्रममा पनि उपस्थिती जनाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment