Comments Add Comment

सडकमा कुकुर बिरालो निषेध !

no-cat-and-dog-at-road

सहरमा कुकुर पाल्ने घरबेटीहरुको बिहानको धन्दा नै हुन्छ कुकुरलाई सडकतिर डुलाउनु । अनि त्यहीँ मेलोमा कतै तुक्र्याइदिनु अनि हग्राइदिनु । तर भियतनाममा भने सरकारले सडकमा कुकुर लैजान निषेध गरेको छ ।

भियतनाम सरकारले हालै संचालन गरेको पहिलो पैदल मार्गमा कुकुर बिरालो जस्ता घरपालुवा जनावर लैजान प्रतिबन्ध लगाएको छ ।

हु ची मिन्ह सहरको न्युयेन हुइ पैदल सडकलाई सभ्य र व्यवस्थित बनाउन स्थानीय प्रशासनले हालै केही नियम सार्वजनिक गरेको छ ।

उक्त पैदल सडकमा कुकरबिरालो लिएर जान पाइँदैन । त्यसका साथै सडकमा रोलर-स्केटिङ गर्न समेत प्रतिबन्ध लगाइएको छ । सडकमा बसेर पिकनिक खान पनि पाइनेछैन ।

यसका साथै सडक आसपासमा चिया खाना बेच्न पनि निषेध गरिएको छ र मानिसहरुले आफुले खाने चियाकफी आफै बोकेर आउनुपर्नेछ ।

झण्डै २ करोड डलर खर्चिएर सरकारले तयार गरेको यो ६ सय मिटर पैदल सडकलाई नयाँ नियमले सफा तथा व्यवस्थित बनाउने आशा अधिकारीहरुको छ ।

उक्त पैदल सडक क्षेत्रमा विभिन्न खाले मनोरन्जन सेवा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment