Comments Add Comment

बाबुका कारण संयम अवार्डको मनोनयन बाहिर

samyam-puri
फाइल फोटो

कहिलेकाही प्रतिभा हुँदाहुँदै पनि केही कलाकार विविध कारणले अवार्डको मनोनयनदेखि अवार्ड पाउनबाट नै बञ्चित हुने गरेका छन् । नेपालकै चर्चित ‘नेफ्टा फिल्म अवार्ड’मा पनि कलाकार संयम पुरीलाई यस्तै भएको छ । संयम प्रतिभा र संभावना हुँदाहुँदै पनि अवार्डको मनोनयनमा पर्न सकेनन् ।

यसको मुख्य कारण, अवार्डको मुल्यांकनका लागि बसेका उनकै पिता नारायण पुरी हुन् । संयमले गतबर्ष चलचित्र ‘आभाष’बाट चर्चा पाएका थिए । यो चलचित्रमा उनको भूमिकालाई रुचाइएको पनि थियो । जसकाकारण उनी यो बर्षको नेफ्टा अवार्डको मनोनयमा समेटिने संभावना धेरै थियो । तर, जुरीका संयोजक समेत रहेका निर्देशक तथा संयमका पिता नारायण पुरीले छोरालाई राख्दा आलोचना हुने ठहर गरे ।

बाबु जुरी बसेको अवार्डमा छोरा मनोनयमा पर्दा विवाद हुने भन्दै नारायण पुरीले नै उनलाई मनोनयनको दाबेदारबाट बाहिर राखेका थिए । यस्तै, यो अवार्डको संयोजक शिव पुरी हुन् । जो संयमका काका हुन् । काका र पिताले छोरालाई मनोनयमा राख्दा विवाद हुने भन्दै बाहिर राख्ने निर्णय गरेका हुन् । संयोजक पुरीले भने-‘संयमलाई पनि प्रतिस्पर्धामा सहभागी गराउनुपर्छ भन्ने कुरा पनि आएको थियो ।

तर, बाबु जुरी बसेको ठाउँमा मनोनयनमा पर्दा विवाद हुनसक्छ भन्दै नारायण दाइले मान्नु भएन । फेरि, म संयोजक भएको नाताले पनि संयमलाई राख्दा विवाद हुन्छ भने सोचाई आयो ।’

हुनत, यस्तो घटना अवार्डमा पहिलो पटक होइन । यसअघि पनि केही निर्देशक र कलाकार अवार्डको जुरी बस्दा आफू अभिनित र निर्देशित चलचित्रलाई बाहिर राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment