Comments Add Comment

एनआरएन युकेमा एकैजनाले धेरै व्यक्तिको सदस्यता फारम बुझाउन पाउने

लण्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएन युके)को सदस्यता नवीकरणका लागि एकै व्यक्तिले धेरै सदस्यको फारम भर्न पाउने व्यवस्था गरेको छ ।
NRN UK
शनिबार साउथ स्टन लण्डनमा बसेको कार्यसमितिको बैठकले विगतमा गरेको निर्णयलाई उल्टाउँदै एक सदस्यले धेरैको लागि फारम भर्न सक्ने निर्णय गरेको हो ।

दुई महिना अघिको बैठकमा भने निर्वाचनका बेला बोरामा हालेर सदस्यता फारम बुझाएको, हुलाक मार्फत पनि उम्मेदवारहरुले घरमै पुगि भोट खसाल्ने गर्नाले विकृति र विसंगति बढेको भन्दै एक जनाले आफ्नो परिवारका सदस्य र आफन्तसहित बढीमा १० जनाको मात्र फारम भर्न पाउने निर्णय गरेको वी नेपालीले जनाएको छ ।

एनआरएन युकेका सचिव दासुराम पाण्डेले भने-‘वैंकमा पैसा जम्मा गरेको रसिदसहित व्यक्तिगत रुपमा बुझाउने फारमको संख्या सीमित नराख्ने निर्णय कार्यसमितिले गरेको छ, विगतमा पनि व्यालेटमा समस्या थियो, सदस्यतामा कहिल्यै समस्या थिएन, त्यही भएर पहिलेको निर्णयलाई सच्याइएको छ ।’

छैटौं अधिवेशन सेप्टेम्बरमा गर्ने
यसैबीच बैठकले छैटौ अधिवेशनको मिति सारेको छ । आगामी सेप्टेम्बर १९ मा गर्ने भनिएको अधिवेशन १२ सेप्टेम्बरमा गर्ने सैदान्तिक निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment