Comments Add Comment

कसको प्रेममा जुना प्रसाई पागल ?(भिडियो)

juna-parsai

गायिका जुना प्रसाई अब मोडल पनि बनेकी छिन् । आफ्नो स्वर तथा शब्दमा तयार भएको गीत ‘पागल पागल’को म्यूजिक भिडियोमा जुना देखिएकी हुन् । उनले मोडलिङमा पनि प्रयास गरेको बताइन् ।

उदय राज पौडेलको समेत स्वर रहेको यो गीतमा उनकै संगीत छ । भिडियोमा जुनालाई कुमार रेग्मीले साथ दिएका छन् । जुना र कुमारको यो म्यूजिक भिडियो डेब्यू हो ।

निशान घिमिरेको सम्पादन, धिरज जंग शाहको छायांकन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । नेपाली गीतसंगीतमा जुनाको नाम चर्चित छ । उनै जुनाले अब गीतसँगै मोडलिङलाई पनि अगाडि बढाउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment