Comments Add Comment

श्रीलंकाविरुद्ध पाकिस्तानको रोमान्चक जित

Pakistan-celebratation

१७ साउन, काठमाडौं । श्रीलंकाविरुद्ध दोस्रो टी-२० क्रिकेटमा पाकिस्तानले एक विकेटको रोमाञ्चक जित हात पारेको छ । यससँगै उसले दुई टी-२० म्याचको सिरिज २-० ले जितेको छ ।

टी-२० आईमा एक विकेटको जित यो तेस्रो हो भने पाकिस्तानको पहिलो । यसअघि २०११ मा इंग्ल्याण्डले अष्ट्रेलियामाथि र २०१२ मा नेदरल्याण्डसले बंगलादेशविरुद्ध १ विकेटको जित हात पारेको थियो ।

कोलम्बोमा श्रीलंकाले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पाकिस्तानले अन्तिम चार बल खेल्नु अघि ९ विकेट गुमाएर भेट्टायो ।

पाकिस्तानको सुरुवात निकै खराब थियो । ४० रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । तर, तल्लो अडरका ब्याट्सम्यानले जित दिए ।

शाहिद अफि्रदीले मोहम्मद रिजवानसँग छैटौं विकेटका लागि ६१ रनको साझेदारी गरे । रिजवान १७ रनमा आउट भए ।
थप छ रन जोड्दा अफ्रिदी व्यक्तिगत ४५ रनमा आउट भए । २२ बलको सामना गरेका उनले चार छक्का र एक चौका हाने । टी-२० आईमा अफ्रिदीले तीन भन्दा बढी छक्का हानेको यो पहिलो पटक हो ।

नवौं नम्बरका ब्याट्सम्यान अनवर अलीले १७ बलमा तीन चौका र चार छक्काको मदतमा ४६ रनको महत्वपूर्ण पारी खेले । टी-२० आईमा नवौं नम्बरका ब्याट्सम्यान बनाएको यो नै ठूलो स्कोर हो ।

अनवल अलीले आइमद वसिमसँग सातौं विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।
श्रीलंकाका फर्नान्डोले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि कमारा कपुगेदेराले अविजित ४८ रन बनाए भने शेहन जयसूर्याले ४० रन जोडे ।

पाकिस्तानका शेएब मल्लिकले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment