Comments Add Comment

आर्यनको साथी दिनेश, नम्रताको आर्यन र प्रियंका

आज विश्व मित्रता दिवस । विश्वभर मित्रता दिवसमा मानिसहरुले आफ्ना नजिकका साथीहरुलाई संझना गरिरहेका छन् । नेपाली चलचित्रका कलाकारका पनि आफ्ना नजिकका मित्र छन् । जसले उनीहरुलाई हरेक पल साथ दिइरहेका छन् । यहाँ केही कलाकार र उनीहरुले आफ्ना नजिकका साथीलाई दिएको सन्देश प्रस्तुत गरिएको छ :aaryan-and-dinesh-raut
आर्यन सिग्देल : मेरो सवैभन्दा नजिकको साथी निर्देशक दिनेश राउत हुन् । मेरो बाल्यकालदेखिकै साथी दिनेश जोसँग मेरो व्यक्तिगत र व्यवसायिक सम्बन्ध छ । मलाई हरेक पल साथ दिने दिनेशलाई साथी पाउँदा म अत्यन्त खुशी छु । यो मित्रता कहिले पनि नटुटोस् भन्न चाहन्छु, दिनेशलाई ।
aaryan-and-namrata
नम्रता श्रेष्ठ : मेरो सवैभन्दा नजिकको साथी मेरो यटिकका साथीहरु नै हुन् । चलचित्र क्षेत्रको कुरा गर्ने हो भने आर्यन सिग्देल, सौगात मल्ल, प्रियंका कार्की, केकी अधिकारी मेरा नजिकका साथी हुन् । यसैले, म सबैलाई हाम्रो यो मित्रता सधै नै अगाडि बढोस् भन्न चाहन्छु । हामी जहाँ रहेपनि, जे गरेपनि मित्रता कहिल्यै नटुटोस् भन्ने सन्देश दिन चाहन्छु ।
keki-benisha-and-reema
वेनिशा हमाल : मेरो सवैभन्दा नजिकका साथी नायिकाद्धय केकी अधिकारी र रिमा विश्वकर्मा हुन् । चलचित्र क्षेत्रमा हामी एकसाथ प्रवेश गरेका थियौ । केकी अहिले अमेरिकामा रहेकाले उसको भ्रमण सफल होस् भन्न चाहन्छु । आफ्नो काम सकेर चाडै नेपाल फर्किनु, म तिमीलाई मिस गरिरहेकी छु भन्ने चाहन्छु । यस्तै, रिमालाई पनि म धेरै माया गर्छु । उनलाई पनि तिम्रा हरेक साथमा म रमाइलो अनुभुती गर्छु भन्न चाहन्छु ।
jiwan-luitel
जीवन लुइटेल : जीन्दगीको कालखण्डमा धेरै साथी आए गए । तर, मैले आजसम्म नजिकको साथी बनाउन सकेको छैन । नजिकको साथी बनाउन पनि सधै नै डर लाग्छ । अहिले मेरा लागि सबैभन्दा नजिकको साथी मेरी श्रीमती नै हुन् ।
deepak-and-dipa
दीपाश्री निरौला : मेरो असल मित्र कलाकार दिपकराज गिरी नै हुन् । त्यसपछि मेरो राम्रो मित्र निर्मल शर्मा हुन् । हाम्रो मित्रता असल नभएको भए सायद २० बर्षसम्म हाम्रो करिअर पनि अगाडि बढ्दैनथ्यो । म मेरो साथी दिपकराज गिरीको प्रगती र उन्नतीको कामना गर्दछु । अझै पनि उनलाई सरस्वती माताले आर्शिवाद दिइराखुन् । हाम्रो साथ कहिल्यै पनि नछुटोस् । हामी व्यवसायिक रुपमा ५ रुपैयाँको पनि हिसाब राख्छौ । जसका कारण हाम्रो मित्रतामा कहिल्यै अर्थले पनि फाँटो ल्याउन सक्दैन ।
aaasma-and-samyam
आश्मा डीसी : मेरो नजिकको साथी नायक संयम पुरी हुन् । मेरो जीवनमा साथ भइदिएकोमा उनलाई म धन्यवाद दिदै खुशी व्यक्त गर्न चाहन्छु । व्यवसायिक रुपमा पनि संयमले मलाई साथ दिदै आएका छन् । उनलाई म यो भूमिका निर्वाहा गरेकोमा आभार व्यक्त गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment