Comments Add Comment

मृत्युलाई जितेकी मनिषा, फेरि बलिउडमा नायिकाकै भुमिकामा

Manisha-Koirala
पाठेघरको क्यान्सरलाई जितेर नयाँ जीवन पाएकी नायिका मनिषा कोईरालाले हिन्दी चलचित्र ‘चेहरे’ मा नायिकाकै भुमिका निर्वाह गरेकी छिन् । यसमा मनिषाकै सहकर्मी नायिका दिब्य दत्तले पनि अभिनय गरेकी छिन् । दिब्या र मनिषा दिदी बहिनीको भुमिकामा देखिएका छन् ।
रोहित कौशिकको निर्देशनमा बनेको यो चलचित्र सिनेमाकै कथामा केन्दि्रत छ । जसमा ज्याकी श्राफले चलचित्र निर्माताको भुमिका निर्वाह गरेका छन् ।

मनोवैज्ञानिक थ्रीलर भनिएको यस चलचित्रमा गुलशन ग्रोवरले सकारात्मक भुमिका निर्वाह गरेका छन् । एक चिकित्सकको भुमिका निर्वाह गरेका गुलशनको एउटी नायिकासँग प्रेम हुन्छ ।

आउँदो अगष्टमा रिलिज हुने भनिएको उक्त चलचित्रले मनिषालाई बलिउडमा पुर्नस्थापित गराउन कस्तो भुमिका खेल्छ, हेर्न बाँकी नै छ ।
अहिले नेपालमै बस्दै आएकी मनिषा चलचित्रमै फर्किसकेकी छिन् । नेपालमा आएको विनाशकारी भूकम्पपछि नेपालको विकास निर्माणमा सहयोग जुटाउन सक्रिय भएर लागेकी छिन् उनी ।

नेपालमा भुकम्प आउँदा उनी मुम्बईमा सुटिङ गर्दै थिईन् । तुरुन्तै नेपाल आउन खोजे पनि परिवारका सदस्यले संक्रमण हुन सक्छ अहिल्यै नआउनु भनेकाले दुई हप्तापछि नेपाल आएकी थिईन् । नेपाल आए लगत्तै मनिषाले भुकम्प प्रभावित बस्तीमा पुगेर महिला वालवालिकासँग भेटघाट गरेकी थिईन् ।

युएनएफपीए नेपालको सद्भावना दुत समेत रहेकी मनिषाले टँंडीखेलमा त्रिपालमा बसेका भूकम्प पीडित गर्भवती र सुत्केरी महिलालाई आवश्यक पर्ने सामग्री वितरण गरेकी थिईन् ।

एक समय बलिउडकी चर्चित नायिका मनिषा अभिनित बम्बे, दिलसे जस्ता चलचित्र अत्याधिक सफल भएको थियो । पछिल्लो समय चलचित्र निर्माणमा समेत सक्रिय मनिषाले ब्यापारिक सफलता भने पाउन सकिनन् ।
नेपाली ब्यबसायी सम्राट दाहालसँग बिबाह गरेकी मनिषाको बिबाहको एक वर्षमै सम्बन्ध बिच्छेद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment