Comments Add Comment

मर्यादाक्रममा प्रहरीभन्दा माथि राख्न सशस्त्र प्रहरीको माग

१७ साउन, काठमाडौं । सशस्त्र प्रहरीले मर्यादा क्रममा नेपाल प्रहरीभन्दा अगाडि हुनु पर्ने माग गरेको छ । साथै सशस्त्र प्रहरीको नामबाट प्रहरी हटाउनु पर्ने नेपाल प्रहरीको प्रस्तावको विरोध गरेको छ ।

Kosh-raj-Wantaसशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले एमाले प्रमुख दलका शीर्ष नेता र गृहान्त्रीलाई भेटेर नयाँ संविधानबारे आफ्नो सुझाव दिएको छ । वन्तले सम्वाद समिति सभापति डा. बाबुराम भट्टराई, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र गृहमन्त्री बामदेव गौतमलाई भेटेका थिए ।

‘सशस्त्रले मर्यादाक्रममा सेना पहिलो, सशस्त्र प्रहरी दोस्रो र त्यसपछि पुलिस हुनु पर्छ भनेर हामीले भनेका छौं’ एक अधिकारीले भने ।

अन्य मुलुकहरुमा पनि अर्धसैनिक प्रकृतिको सुरक्षा निकायको मर्यादाक्रम सेनाभन्दा जुनियर र प्रहरीभन्दा अगाडि नै हुने उसको तर्क छ । साथै सशस्त्र प्रहरीलाई केन्द्र सरकारको मातहतमा राख्न सुझाव दिएको छ ।

सशस्त्र प्रहरीले आफ्नो संगठनको नामबाट प्रहरी हटाउन नेपाल प्रहरीले गरेको प्रस्तावको विरोध गरेको छ । ‘नाममा प्रहरी हटाउँदा पहिचानमा नै असर पर्छ । त्यसैले यो गर्नु हुँदैन’ वन्तले भनेका छन् ।

पक्राउ पूर्जी अधिकार विवादलाई लिएर पछिल्लो समय सशस्त्र र नेपाल प्रहरीबीच चर्को द्वन्द्व छ । गृहमन्त्रीले आफ्नो लविङ विपरित सशस्त्रलाई पुर्जी जारी गर्ने अधिकार दिएपछि पुलिस असन्तुष्ट बनेको छ ।

त्यसको प्रतिक्रियामा उसले हालै मात्र संविधानको मस्यौदामा सुझाव दिँदै सशस्त्र प्रहरी बलको नामबाट प्रहरी हटाउनु पर्ने सुझाव दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment