Comments Add Comment

पावर व्याक नभएपछि नेप्सेमा कारोबार भएन

१७ साउन, काठमाडौं । पावर व्याकअप फेल भएपछि आइतबा नेप्सेमा कारोबार हुन सकेन । १२ बजेदेखि हुनुपर्ने सेयर करोबार अहिलेसम्म हुन सकेको छैन ।

नेपाल विद्युत प्राधिकरणको लाइनमा लोडसेडिङ भएपछि नेप्सेमा विद्युत आपुर्ति नभएको हो ।

nepal-stockविद्युत गएपछि जेनेरेटर नचल्दा नेप्सेमा कारोबार हुन नसकेको हो । जेनेरेटरबाट विद्युत आपुर्ति गर्दा पावर सट भएको थियो । अर्को विकल्पका रुपमा रहेको युपिएसले पनि काम गरेन । दुबै विकल्पले काम नगरेपछि बजार नै खुल्न नसकेको हो ।

औसतमा अहिले बजारमा दैनिक ४० करोड भन्दा बढीको सेयर कारोबार भइरहेको छ । गत विहीबार पनि ४५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । बजार पुँजीकरण साढे १० खर्बको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment