Comments Add Comment

‘नेपालका लागि’ लेडी गागाले किनिन् सवा ३ करोडको बुट

नेपालको भूकम्पपिडितको सहयोगार्थ राष्ट्रसंघीय नियोग युनिसेफले लिलामीका लागि राखेका तीन जोडी जुत्ता अमेरिकी गायिका लेडी गागाले किनेकी छिन् ।

अलेक्जेन्डर म्याकवीन्सले ५ वर्षअघि डिजाइन गरेका ती जुत्ता उनले दुई लाख ९५ हजार डलर (तीन करोड २६ लाख रुपैयाँ)हालेर किनेकी हुन् ।

Gaga

स्मरणीय के छ भने सन् २०१० मा आफ्नो म्युजिक भिडियो ब्याड रोमान्स र एमटिभीको रेड कार्पेटमा यही जुत्ता लगाएकी थिइन् । त्यति बेला नै यो जुत्ताको खुवै चर्चा भएको थियो ।

म्याकविन्स स्प्रिङ २०१० शोका लागि यो जूत्ताका २१ जोडी उत्पादन गरिएको थियो, जून अहिले बजारमा पाइँदैन ।

युनिसेफले १० देखि १५ हजार डलरमा बिक्ने अनुमान गरेर लिलामीमा राखे पनि कल्याणकारी कामका लागि गागाले ठूलो छाति देखाएकी हुन् ।

उनले इन्ट्राग्राममा जुत्ता लगाउँदै गरेको तस्बिर शेयर पनि गरेकी छिन् । जुत्तालाई उनले ‘भगवानको उपहार’ को संज्ञा दिएकी छिन् । तर, अरु कुरा खुलाएकी छैनन् । एउटा तस्बिरमा उनी जुत्ताले वक्षस्थल छोपिरहेकी देखिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment