Comments Add Comment

पुनर्निर्माण तथा नयाँ शक्ति निर्माणमा बाबुरामलाई सुझाव

पवनराज फुयाँल, ओरिड़ो कतार

संगठनात्मक रुपमा कमजोर र पार्टीमा सँधै दोस्रो हैसियतमा रहने एमाओवादी नेता डा. बाबुराम भट्टराई पढाईमा सधै अब्बल ठहरिए । कुनैबेला ईन्टरनेटका हिरो कहलिएका भट्टराई सामाजिक संजाल र मिडियामा पनि छाईरहने अनुहार हुन् । उनको बौद्धिकता र तार्किकताको खुलेर प्रशंसा हुने गरेको पाइन्छ । चाहे जनयुद्धको  बेला होस्, चाहे शान्ति प्रक्रियामा आएपछि किन नहोस केहि न केहि रुपमा उनीमाथि भरोसा गर्नेहरुको जमात कम छैन ।

हुनत उनी पनि नेपाली राजनीतिमा “टेस्टेड”को बिल्ला भिरिसकेका नेताहरु मध्य पर्छन् । तैपनि तत्कालिन माओबादी पार्टीमा संबिधानसभा, नयाँ नेपाल, राजनितिक आर्थिक क्रान्तिको मुद्दाका प्रस्तावक भट्टराई नै मानिन्छन् र जसअनुरुप सबैको साथ र सहकार्यतामा देशमा संबिधानसभाको चुनाव पनि भयो । यद्दपि उनकै पालामा संबिधानसभा भंग हुन पुगेकोले समग्रमा उनी पनि अरु जस्तै असफल र असक्षमहरुकै सुचीमा पर्छन् । तर पनि तुलनात्मक रुपमा उनि अर्थमन्त्री हुदा सबैभन्दा बढी राजस्व उठाएर होस या प्रधानमन्त्री हुदा काठ्माण्डौको बाटो बिस्तार गर्ने हिम्मत गरेका लगाएत केहि कामहरु प्रशंसनिय रहेको मुल्यांकन गरिन्छ । यस अर्थमा अझै पनि केहि प्रबुध्द र खास गरि युवा बिद्यार्थीहरुका माझ अझै लोकप्रिय छन् बाबुराम ।

उता  केहि समय अगाडी पार्टीमा बैद्य र प्रचण्डहरुसँगको बैचारिक र सांगठनिक मतान्तरका कारण बैद्यहरु चोईटिएको अवस्था छ भने प्रचण्डसँगको मतभेद र बिशेष गरि नेतृत्वको बिबादले श्रृखलाबद्द रुप लिईरहदा उनि आफै नयाँ शक्तिको बहसमा बाक्लो उपस्थिति जनाई रहेका छन् । यदाकदा राजनीति बाहिरका बुद्दिजिवी र बिभिन्न क्षेत्रका बिशेषज्ञहरु सम्मिलित बैकल्पिक शक्तिको चर्चा पनि भैरहेको छ । जसमा स्वयम बाबुरामदेखि रबिन्द्र मिश्रहरुको नाम जोडिएको पाईन्छ ।

पवनराज फुयाँल
पवनराज फुयाँल

उता विनासकारी महाभूकम्पको पुननिर्माण वा नवनिर्माणको सन्दर्भमा प्राधिकरण बनाउने कुरा उठ्दा उनी एक सफल योजनाबिद र प्रमुख राजनीतिक खेलाडी समेत रहेको हुदा प्राधिकरणको नेतृत्व गर्ने सन्दर्भमा पनि बाबुरामको नाम आउनु कुनै नौलो कुरा भएन । यस बिसयमा बाबुराम स्वायंले पनि एक आभियानमार्फत आफूलाई मुख्य दाबेदार भएको छनक पनि दिएका थिए।

पछिल्लो समयमा लामो समयदेखि अपूरो बनेको संबिधान जारी गर्ने बिषयमा पनि संबिधानसभाकै सम्बाद तथा सहमति समितिको अध्यक्षको हैसियतमा संविधानको मस्यौदामाथि जारी सुझाव संकलनका लागि विभिन्न क्षेत्रका बुद्धिजीवी,  मधेसी, जनजाती लगायतसँगको बाक्लो अन्तरक्रिया र सक्रियताले उनी झन् बढी राजनीतिको केन्द्रमा छन् । भूकम्पबाट प्रभावित क्षेत्र र देशका विभिन्न ठाउँका जनातासँगको प्रत्यक्ष सम्पर्कमा पनि बाबुराम केहि हदसम्म सक्रिय र सार्थक बहस गरिरहन रुचाउने नेताको रुपमा आफूलाई उभ्याउन सफल भएकै छन् ।

यस्तै बाबुराम विभिन्न मिडियाहरु र अनलाईनहरुमा नेपालको भाबी प्रधानमन्त्री या समकालीन नेताहरु मध्ये को बढी लोकप्रिय छ भनेर वा नेपाल बिकासको नेतृत्व कसले गर्दा राम्रो होला भन्ने बिषयमा गरिने जनमत वा भोटिंगहरुमा असामान्य रुपमा अरु नेताहरु भन्दा निकै अगाडी देखिन्छन्र । यसरी उनको लोकप्रियता र जनताको उनीप्रतिको आशा हेर्दा कायम रहेको अवस्थामा अहिले चर्चामा रहेको नयाँ संबिधानमा प्रत्यक्ष कार्यकारीको व्यवस्था भएमा र अनुकुल परिस्थिति भएमा यदि उनी उमेदबार भएको खण्डमा नेपालको भावी प्रत्यक्ष निर्बाचित कार्यकारी हुने सम्भावना पनि देखिन्छ ।

नेपालमा धेरै पटक राजनितिक क्रान्तिहरु भईसके केहि हदसम्म राजनितिक रुपमा सफल भए पनि जेजति जनताले पाउनुपर्ने राहत लगायत आर्थिक सामाजिक रुपान्तरण, दीगो बिकास र आमूल परिवर्तनका मुद्दाहरु केबल नारामै सिमित भए । तसर्थ जनतामा सधै नैराष्यता दल र नेताहरुप्रति बितृष्णा पैदा भएको छ । बास्तवमै भन्नुपर्दा बढ्दो बेरोजगारी, गरिबी र अशान्तिले जनतामा एक किसिमको मानसिक तनाव बढिरहेको र जसको फलस्वरुप समाज झनझनै बिभिन्न हिंसा र बिकृतिले आक्रान्त भैरहेको छ ।

यस्तैमा मात्र बाबुरामले नयाँ शक्तिको बिडो थाम्न सक्छन भन्ने त कदापि होईन । मुल कुरा समस्याको जड पत्ता लगाउनु र त्यसको सही समाधान पहिल्याई ब्यबहारिक रुपमा सफल बन्नु महत्वपुर्ण कुरा हो ।

उता हालसालै गएको महाबिनास्कारी भूकम्पले आक्रान्त मुलुकमा बिपत्ति र बिनासलाई कसरी नवनिर्माण र पुननिर्माणको अवसरमा बदल्ने भन्ने कुरा मूल जडको रुपमा रहेकोछ र अहिलेसम्मको नेपाल सरकार र जल्दाबल्दा समकालीन राजनीतिक खेलाडीहरुको रबैया हेर्दा यो प्राकृतिक बिनास बता निम्तिएको चुनौतीलाई सामना गर्ने हतियार खडा होला भन्ने विश्वास छैन । यस अर्थमा पनि नवनिर्माणकोबारेमा बाबुरामले उठाएका आधारहरु र खासगरी बाबुरामले दक्षता हासिल गरेको क्षेत्र पनि योजना र विकास नै भएको हुदा अबको चुनौतीलाई सामना गर्नको लागि उनीद्वारा प्रस्ताब गरिएका बिचारहरु प्रभावकारी हुने बिश्वास गर्न सकिन्छ ।

वास्तवमा नेपाली राजनितिमा सधै बैकल्पिक शक्तिको खाँचो त महसुस भैरहने कुरा हो त्यसैले यहाँ यसको महत्व भन्दा नि यसको निर्माण कसरि गर्ने नेतृत्व कसले गर्ने के उद्देश्यका साथ अगाडि बढ्ने भन्ने कुराहरु पनि महत्वपुर्ण हुनेछन् । यहाँनिर यदि बाबुरामले शुध्द माओबादको बिचारलाई परित्याग वा हिजोकै मार्क्सवादलाई पुर्णतया परिस्कृत गरेर २१ औँ शताब्दी सुहाउदो र नेपाली भुमिमा सुहाउदो “बिकासबाद”को प्रतिपादक बनेर अगाडि बढ्ने हो भने उनि पनि यो बैकल्पिक शक्तिको नेतृत्व गर्न सक्छन् भन्ने हो । तर नेतृत्वसँगै स्पष्ट र उत्कृष्ट बिचार पनि महत्वपुर्ण हो । तसर्थ नयाँ शक्तिको निर्माणलाई पुर्णतया बर्तमान राजनितिको रुप र रङ्ग दिनबाट जोगाउनु पर्नेछ ।

यदि यो नेतृत्व बाबुरामले नै गर्ने भए पहिले उनले हाल भिरेको राजनितिक बिल्ला खोलेर सबै बर्ग र तप्कालाई स्पष्ट पारेर नयाँ शक्तिको आधार, निर्माण, बिकास र बिचारको बारेमा ब्यापक छलफल र बहस पश्चात सहि समयमा निर्णय गर्नु बेस हुनेछ । तर बाबुरामले अहिलेको दौडधुप र बहसलाई मात्र प्रचण्डसँगको टकराबको फलस्वरुपको रुपमा एमाओबादीको एउटा गुटलाई अलग्ल्याएर त्यसैको नेतृत्व गर्दै नयाँ शक्तिको लागि आब्हान गरे भने त्यो नयाँ शक्ति भन्दा नि च्याउसरि उम्रने एउटा नयाँ कम्युनिष्ट पार्टी मात्र साबित हुनेछ ।

यसो नभएमा राजनितिक रुपमा बाबुराम र हालको बाबुरामको पार्टी एमाओबादी भित्रै र अन्य कांग्रेस एमाले लगायतहरुबाट आलोचित नभैकनै त्याहाँ रहेका युवा, ईमान्दार, सक्षम र प्रबुद्द जमातले पनि उक्त नयाँ शक्तिलाई साथ दिनेछन् । जसको लागि खासगरि अहिले बाबुरामका वरपर रहेका बिभिन्न बदनाम अनुहारहरुलाई परित्याग नै गर्नु पर्नेछ । सकेसम्म देश बनाउन चाहाने र सबै क्षेत्रमा बिशेषज्ञता हासिल बिद्वान, ज्ञान, शीप, क्षमता , दक्षता र अनुभब बोकेर बिदेशिन बाध्य युवा पिडीलाई समेट्न आवश्यक छ । सत्ता र सम्पतिका भोकाहरु, भ्रष्टाचारमा मुछिएका, पुराना र बदनाम अनुहारहरुलाई कुनै हालतमा अवसर दिनुहुन्न । प्रष्ट बिचार र नेपालको समग्र राजनितिक आर्थिक बिकासको मोडेल हुदाहुदै पनि यसका कार्यान्वयन गर्ने ब्यबहारिक पक्षलाई बिशेष ध्यान दिन जरुरी छ  । यी सबै कुराहरुलाई मध्यनजर राख्दै हिजोका दिनहरुमा जनताबाट प्राप्त अभिमतको सम्मान गर्दै त्यसबाट पाठ सिक्दै बिचारलाई परिस्कृत र बिकसित बनाउदै लान आवश्यक छ । बिचार र बिष्लेशण जतिसुकै बैज्ञानिक नै भएपनि पनि समय जस्तै गतिशिल हुन्छन् । कुनै पनि बादमा बिचार हुन्छ तर हरेक बिचारमा बाद नहुन पनि सक्छ ।

फेरि हिजो लेनिन र माओहरुले जेजस्तो कुराहरु लागु गरे त्यही नै नेपालको सन्धर्भमा अनुकुल नहुन पनि सक्छ । कतै हामी हिजो पनि यस्तै एकोहोरो रटानका कारण त चुकेनौ भन्ने कुराको ब्यापक बहस र समीक्षा गर्नपनि जरुरि छ । यसरि नयाँ सोच र खोजका साथ अगाडि बढ्ने हो भने नेपाली माटोमा रगत र बलिदानिको खाचो महसुस नगरिकनै परिबर्तन  र बिकास संभव हुनेछ ।

सबै कुरा भौतिक बलिदानी या संघर्शबाट मात्र पाईन्छ भन्नु आजको युगमा त्यती सान्दर्भिक हुन्छ कि हुन्न ख्याल गर्ने बेला भएर नै नयाँ शक्तीको खाचो परेको महसुस भएको हो । हिजोको १९ औँ २० औँ शताब्दीको क्रान्तिको मोडेल र आजको युगको आकान्क्षा सान्दर्भिक नहुन पनि सक्छ । त्यतीबेलाको तिब्र औध्योगिक कृषि क्रान्ति र हाततियारको बिकास र प्रयोग हुने युग जतिबेला आजको जस्तो आधुनिक प्रबिधी र आमसन्चारको युगमा अपनाइने क्रान्तिका तरिका र लागू गर्ने तरिकाहरु फरक भाईसकेक छन । त्यसैले यि यावत कुराहरुको लेखजोखा गरेर अगाडि बढ्दा राम्रो होला । समग्रमा भन्नु पर्दा बाबुरामले अहिले अगाल्नु भएका बिभिन्न “बाद”हरु मध्य केहिलाई पुर्णरुपमा परित्याग र केहि “बाद”हरुलाई परिस्कृत र युगानुकुल बनाउदै नेपाली माटो सुहाउदो एउटा नयाँ र आधुनिक मोडेलको बिचारको बिकास गरेर तपाईं आँफै त्यो बिचारको प्रतिपादक बन्ने अवसर प्राप्त छ ।

यसरी निर्माण हुने शक्तिलाई देश बिकासमा प्रत्यक्ष भुमिका खेल्न सक्ने बिभिन्न क्षेत्रका बिज्ञहरुलाई उनिहरुले बिशेषज्ञता हासिल गरेकै क्षेत्रको जिम्मेबारि दिन आवश्यक छ । यसबाट हालको राजनितिमा घृणित र बिकृत रुपमा रहेको बुढापाका, धेरै बर्ष जेल बसेकाहरुले देशको नेतृत्व गर्ने, अरु क्षेत्रमा असफल भएर राजनितिमा हाम फाल्ने, तथाकथित “डन”बाद र नाताबाद कृपाबादको छाँयामा सँधै सत्ता र शत्तिको बरपर रहेर देशलाई अधोगतिमा धकेल्ने अनि धमिलो पानीमा माछा मार्ने शैली बिस्तारै निरुत्साहित हुदै जाने थियो । अहिले देशको मुल समस्याको रुपमा रहेको भ्रष्टाचार र मनपरितन्त्रको निर्मुल पार्दै देशलाई बास्तबमै नयाँ दिशा दिने कोसेढुङ्गा साबित हुनेछ । यसरि बन्ने शक्ति पक्कै नयाँ साबित हुनेछ र जनताले साथ पनि दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment