Comments Add Comment

साउदीका लागि नेेपाली राजदूत पाण्डेको बिदाईमा रात्रीभोज

saudi rajdutसाउदी अरब । साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेको बिदाईमा नेपाली जनसम्पर्क समिति साउदी अरबले रात्रीभोजको आयोजना गरेको छ ।

साउदीको राजधानी रियादस्थित ईस्तराह हलमा भएको कार्यक्रममा दूतावासका कर्मचारी, समिति सम्बद्ध ब्यक्ति तथा नेपालीसमाजसेवीहरुको उपस्थिति रहेको थियो । संघका सभापति चोलाप्रसाद पाठकको सभापतित्वमा भएको कार्यक्रममा राजदूत पाण्डेलाई मायाको चिनो प्रदान गरेर बिदाई गरिएको थियो ।

सो अवसरमा बोल्दै राजदूत पाण्डेले आफ्नो कार्यकालमा धेरै काम गर्न नसके पनि नेपाली दूतावासको छवि सुधार गर्न सफल भएको बताए । साउदी अरबमा क्रियाशिल नेपाली संघ संस्थाको सहयोगले नै दूतावासले आफ्नो सेवालाई सोचेअनुरुप प्रभावकारी ढंगबाट काम गर्न सकेको भन्दै नेपाली संघ संस्थालाई धन्यवाद ज्ञापन दिए ।

रात्रीभोजमा सहभागीहरुलाई स्वागत गर्दै समितिका संरक्षक विदुर कोईरालाले राजदुत पाण्डेको कार्यकाल अत्यन्तै सफल रहेको उल्लेख गरे । सो अवसरमा सहभागीहरुलाई रात्रीभोजको रुपमा नेपाली खानाको ब्यवस्था गरिएको थियो भने नेपाली लोकसंस्कृति झल्कने खालका सांगितिक झलकहरु समेत प्रस्तुत गरिएको थियो ।

दश अगष्ट २०११ मा राजदूतका रुपमा साउदी अरब आएका पाण्डे आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर यही ९ अगष्टमा स्वदेश फर्कदै छन् ।

-एनपी प्रधान (भरत) बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment