Comments Add Comment

सलमान मुर्ख नै हुन् त ? के भन्छन् उनका बुबा ?

salman-khan

मुम्बई । मुम्बई सिरियल ब्लाष्टका दोषी याकुब मेमनको फाँसीको विरोध गरेका सलमान खान विवादमा आएपछि उनका बुबा सलिम खान चिन्तित देखिएका छन् ।
चर्चित हिन्दी चलचित्र ‘सोले’ का स्क्रिप्ट राईटर समेत रहेका सलिमले सलमानले ट्वीटमा बेकारको कुरा गरेर विवादमा आएको बताए । उनको भनाई अनुसार कुनै पनि कलाकारले यस्ता विषयमा कुरा नबुझी बोल्नु हुँदैन ।

सलमान फिल्मी कलाकार भएकाले याकुबका वारेमा थोरै जानकारी भए झैं लाग्छ सलिमलाई । एक साक्षात्कारमा उपस्थित भएका सलिमले ट्वीटकै विषयमा सलमानलाई मुर्ख भने । ‘जुन विषयमा आफुलाई जानकारी छैन त्यस्ता विषय त्यत्तिकै टिप्पणी गर्नु उसको मुर्खता हो ।’ उनले भने ।

आम मान्छेले याबुकको समर्थन गरे भन्दैमा सलमानले पनि त्यसै गर्न नहुने सलिमको बुझाई छ । ‘सलमान कलाकार हो त्यसकारण भोली उ माथी टार्गेट हुन सक्छ । त्यसकारण पनि यस्ता कुरा त्यत्तिकै बोल्न हुँदैन ।’ उनले भने ।

बुबाको सथमा सलमान खान
बुबाको सथमा सलमान खान

सलिमले याकुबलाई बिबादमा ल्याउने काम महाराष्ट्रका बिजेपी नेता आशीष शेलारले गरेको बताए । सलिमको भनाई अनुसार नेता आशीषले मौका मिल्ने बित्तिकै सलमानलाई समेत निशाना बनाउने धम्की दिएका छन् ।

सलीमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भने खुलेर प्रशंसा गरे । मोदी साम्प्रदायिक सोचको नेता नभएको भन्दै नमाजी टोपी नलगाउनुलाई सामान्य रुपमा लिन उनले आग्रह गरे । ‘नमाजी टोपी लगाउनु मात्रै धर्म होईन गरीबलाई खाना खुवाएर पनि धर्म गर्न सकिन्छ ।’ उनले भने ।

मुस्लिमका बिरुद्ध कतिपय दलका नेताले उत्तेजक भनाई राखेकोप्रति सलिमले भने ‘मुस्लिमलाई पाकिस्तान जाने सल्लाह दिने यी नेता को हुन् ?’ भारतीय मुस्लिमले कति पुस्ता सम्म देशभक्तिको परिक्षा दिनुपर्ने भनेर उनले उल्टै प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment