Comments Add Comment

सगरमाथा सिमेन्टको ‘डिलर मिट’ पोखरामा सम्पन्न

सन्देश श्रेष्ठ
१७ साउन, पोखरा । सगरमाथा सिमेन्टको थोक विक्रेताहरुको ‘डिलर मिट’ पोखरामा सम्पन्न भएको छ । त्रिवेणी ग्रुपको उत्पादन सगरमाथा सिमेन्टलेे थोक विक्रेताहरुलाई हौषला प्रदान गर्दै आक्रामक बजार प्रवर्द्धन कसरी गर्न सकिन्छ ? भन्ने विषयमा डिलर मिट आयोजना गरेको थियो ।

‘डिलर मिट’मा देशभरका करीव ३ सय ५० थोक विक्रेताहरुको सहभागितामा कार्यक्रम गरिएको सगरमाथा सिमेन्टका सेल्स हेड आदित्य सराफले जानकारी दिए । कार्यक्रममा ६० डिलरलाई अवार्ड प्रदान गरिएको उनले बताए ।

फुलवारी रिसोर्टमा आयोजित कार्यक्रममा हास्य कलाकार जितु नेपाल (मुन्द्रे), गायक शिव परियार, लोकदोहोरी गायक/गायीका तथा पोखरेली कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

सगरमाथा सिमेन्ट गुणस्तरीय रहेको कम्पनीले दाबी गरेको छ । दाङ्गमा कम्पनी भएकाले पूर्व क्षेत्रसम्म आईपुग्दा केही महङ्गो भएपनि बजारमा माग बढिरहेको सेल्स हेड सराफले बताए ।

दुई वर्षअघीदेखी पश्चिमी क्षेत्रमा विक्री शुरु गरेको सगरमाथा सिमेन्ट गण्डकी धौलागिरीमा भने एक वर्ष अघिदेखी मात्रै प्रवेश गरेको हो ।

सगरमाथा सिमेन्टले हरेक दिन ७ सय ५० मेटि्रक टन सिमेन्ट उत्पादन गर्दै आएको छ भने भविष्यमा ३ हजार मेटि्रक टन उत्पादन गर्ने लक्ष्य लिइएको उनले बताए ।

सगरमाथा सिमेन्टको देशभर ८ सय डिलर रहेको सराफले जानकारी दिए । उनले भुकम्प पछि पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेकाले पोखराको पर्यटन क्षेत्र उकास्न सघाउने उद्धेश्यले पोखरामा कार्यक्रम गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment