Comments Add Comment

निगम अध्यक्ष न्यौपानेले पाए सर्वोच्चबाट स्टे अर्डर

१७ साउन काठमाडौं । नेपाल वायुसेवा निगममा अध्यक्षको पदबाट शिवशरण न्यौपानेलाई तत्काल नहटाउन सर्वोच्च अदालतले अन्तरकालिन स्टे अर्डर दिएको छ ।

आइतबार सर्वोच्चका न्यायधिस दीपकराज जोशीको एकल इजलासले यस्तो आदेश दिएको हो । संस्कृति पर्यटन तथा नागरिक
NACउड्डयन मन्त्रालयको सिफारिसमा असार २१ गते बसेको मन्त्री परिषदको वैठकले निगमको अध्यक्षबाट न्यौपानेलाई हटाउने र पर्यटन सचिव अध्यक्ष रहने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयपछि असार २३ गते न्यौपाने न्यायको खोजी गर्दै पुनरावेदन अदालत पाटनको ढोका ढकढकाउन पुगेका थिए । अदालतले असार २५ गतेदेखि २९ गतेसम्मका अध्यक्षबाट नहटाउन अन्तरकालिन आदेश जारी गरेको थियो ।

पुनरावेदन पाटनको ३० गतेको बहसले दोस्रो पटक अन्तरकालिन आदेश जारी गर्न नमिल्ने बताएपछि न्यौपाने सर्वोच्च अदालतमा लागेका थिए । सर्वोच्चले असार २० गते पर्यटन मन्त्रालय र असार २१ गते मन्त्रिपरिषदबाट भएको निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै पुनरावेदन पाटनको असार २५ को अन्तरिम आदेशलाई निरन्तरता दिन आदेश दिएको छ ।

सर्वोच्चले यस विषयमा सम्पूर्ण व्यहोर खुलाएर आदेश जारी गर्दा आधार लिएका सम्बन्धित प्रमाण कागजातको प्रतिलिपी उपलब्ध गराउन पुनरावेदन पाटनलाई आदेश दिएको छ ।

कैफियत प्रतिवेदन प्राप्त भएपछि न्यौपाने अध्यक्षमा यथावत रहने नरहने भन्ने विषयमा निर्णय हुने सर्वोच्चले स्पष्ट पारेको छ ।

न्यौपानेलाई साउन २२ गते निगम अध्यक्षमा नियुक्ती गरिएको थियो । अन्तरिम आदेश पाएसँगै उनी मंगलबारदेखि कार्यालय जाने उनकी एक सहयोगीले अनलाइनखबरलाई बताइन् ।

स्टे अर्डरको पूर्ण पाठ

Shiba Saran Neupane Hicourt Stay Order

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment