Comments Add Comment

जियोनीले खोल्यो न्यूरोडमा एक्सक्लुसिभ शो-रुम

Gionee Newroad Showroom

१७ साउन, काठमाडौं । जियोनीले राजधानीको पाको न्यूरोडमा एक्सक्लुसिभ शो-रुम खोलेको छ । शो-रुमको मिस नेपाल इभाना मानन्धरले एक कार्यक्रमबीच आइतबार उद्घाटन गरिन् ।

शो-रुममा जियोनीका सम्पूर्ण मोडेलहरु उपलब्ध हुनेछन् । यो शोरुमले ग्राहकहरुलाई खरिद अगाडी जियोनीका फोनहरुसँग राम्ररी परिचित हुने मौका दिने कम्पनीले विश्वास लिएको छ ।

अहिले नेपाली बजारमा जियोनीका १० मोडेलहरु उपलब्ध छन् । जियोनीका ग्राहकहरु दिनानुदिन नेपाली बजारमा बढी रहेको कम्पनीको भनाई छ ।

नेपाल प्रवेश गरेको एक वर्ष भन्दा कम समयमा एक्सक्लुसिभ शोरुम खोल्न सक्नुलाई जियोनीले उपलब्धिको रुपमा हेरेको छ । नेपाली बजारमा बिताएको थोरै समयमा नै ग्राहकवर्गको प्रतिक्रियाबाट आफुहरु सन्तुष्ट रहेको कम्पनीले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment