Comments Add Comment

अष्ट्रेलियन क्रिकेट टीम ९ वर्षपछि बंगलादेश भ्रमणमा जाने

Bangladesh

१७ साउन, काठमाडौं । अष्ट्रेलियन क्रिकेट टिम ९ बर्षपछि पहिलो पटक बंगलादेश भ्रमणमा जाने भएको छ । आइतबार क्रिकेट अष्ट्रेलियाले बंगलादेशबिरुद्ध दुई टेस्ट सिरिज खेल्ने औपचारिक घोषणा गरेको छ ।

अष्ट्रेलियाले अक्टोबर ९ देखि १३ सम्म चिटगांगमा पहिलो टेस्ट खेल्ने छ भने दोस्रो टेस्ट ढाकामा १७ देखि २१ सम्म हुनेछ ।

अहिलेसम्म अष्ट्रेलिया र बंगलादेशबीच मात्र दुई वटा टेस्ट सिरिज भएको छ । अक्टोबरमा हुने टेस्ट सिरिज दुई देश बीचको तेस्रो सिरिज हुनेछ ।

अष्ट्रेलियाले अन्तिम पटक सन् २००६ मा बंगलादेशबिरुद्ध खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment