Comments Add Comment

पहिलो पटक खाना पकाउने ग्यासको मूल्य घट्यो

१७ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थका साथै खाना पकाउने ग्यासको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि आयल निगमले मूल्य समायोजन गरेको हो ।

NOC

निगमले पेट्रोल, डिजेल र मट्टतिेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको छ । अब घटाएपछि पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मट्टतिेल ८४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

निगमले पहिलो पटक खाना पकाउने ग्यासको पनि मूल्य घटाएको छ । खाना पकाउने ग्यासको प्रतिसिलिन्डर ३५ रुपैयाँ घटाएर १४ सय ३५ रुपैयाँ कायम गरिएको छ ।

यसअघि ७/८ सय घाटा हुँदा समेत मूल्य नबढाएको भन्दै अहिले मूल्य नघटाउने मत पनि आएको थियो । तर, बाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाको पहलमा मूल्य घटाउने निर्णय भएको छ ।

‘नाफा भएको छ भने जनतालाई किन सहुलियत नदिने भनेर मैले पहलमा ग्यासको मूल्य समायोजना गरिएको हो’ बाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले अनलाइनखबरसँग भने ।

यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि घटाएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरले जानकारी दिए । हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरिएको छ ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ७५ डलर घटाइएको छ । अब अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धन प्रतिकिलोलिटर १३२५ डलरमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment