Comments Add Comment

न्यूजिल्याण्डविरुद्ध जिम्बावेको रोमान्चक जित

Zimbabwe-v-New-Zealand

१७ साउन, काठमाडौं । जिम्बावेले पहिलो एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डमाथि ८ विकेटको रोमान्चक जित हात पारेको छ । यससँगै उसले तीन म्याचको सिरिजमा १-० को अग्रता लिएको छ ।

हरारे स्पोट्स क्लबमा न्यूजिल्याण्डले प्रस्तुत गरेको ३०४ रनको लक्ष्य जिम्बावेले क्रेग इर्भिनको शतकको मदतमा अन्तिम ओभर खेल्नु अघि ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि इर्भिनले १०८ बलमा ११ चौका र ५ छक्काको मदतमा अविजित १३० रन बनाए । ओपनर हृयामिल्टन मसाकाद्जाले ८२ रन जोडे भने च्यामु चिबाबाले ४२ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ४ विकेट गुमाएर ३०३ रन बनाएको थियो । उसका लागि रोस टेलरले ११२ रन बनाए भने केन विलियम्सनले ९७ रनको योगदान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment