Comments Add Comment

पाकिस्तानी प्रधानमन्त्री सरिफमाथि आक्रमणको प्रयास

१८ साउन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफमाथि आइतबार राति आक्रमणको प्रयास भएको छ । एउटा शंकास्पद कारले सरिफ चढेको गाडिलाई ठोक्काउने प्रयास गरेको थियो ।

फाइल तस्वीर
फाइल तस्वीर

परिवारको साथमा मूरीबाट राजधानी इस्लामावाद फर्किरहेका सरिफ चढिरहेको सवारीसँग  ठोक्काउने मनसायका साथ एउटा शंकास्पद कार तिव्र गतिमा हुइँकिएको थियो । तर सुरक्षाकर्मीहरुले उक्त कारलाई तत्कालै रोक्न सफल भए र उक्त कारका चालकलाई पक्राउ गरेका छन् । उक्त कारको नक्कली नम्बर प्लेट रहेको खुल्न आएको इन्डिया टुडेले जनाएको छ ।

चालकमाथि थप छानविन भएको छ । प्रधानमन्त्रीको गाडीमा ठोक्काउन खोजिएको कारमा विस्फोटक पदार्थ लादिए नलादिएको पत्ता लगाउन तत्कालै बम डिस्पोजल टोली बोलाइएको थियो ।

घटनापछि सरिफसँगै उनकी पत्नी कुल्सूम र छोरी मार्यामलाई तत्कालै सकुसल प्रधानमन्त्री निवासमा लगिएको थियो ।

स्मरण रहोस् गएको हप्ता पुलिस कारवाहीमा लस्कर ए जांघवीका नेता मलिक इस्हाकको मृत्युपछि इस्लामिक आतंकवादीबाट हुने सम्भावित बदलापूर्ण आक्रमणलाई ध्यानमा राख्दै पाकिस्तानमा महत्वपूर्ण स्थान तथा नेताहरुको सुरक्षा सतर्कता बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment