Comments Add Comment

कालोपोथी भेनस फिल्म फेष्टिवलमा

kalopothi-11

काठमाडौं। नेपाली चलचित्र ‘कालोपोथी’ इटालीमा हुने भेनस फिल्म फेष्टिवलमा छानिएको छ । आउँदो १६ देखि २६ भदौमा हुने उक्त फेष्टिवलमा कालोपोथी क्रिटिक्स विक्समा प्रतिस्पर्धाका लागि छानिएको हो ।

मीनबहादुर भाम निर्देशित उक्त चलचित्रमा शसस्त्र युद्धमा संकटकाल लागेको अवस्थामा मुगुका सर्वसाधारणले भोगेको जीवनशैलि पेश गरेको छ । फिल्मको सम्पूर्ण सुटिङ मुगुमै गरिएको छ ।

चलचित्रमा दुई वालकको मुख्य भुमिका रहेको छ । दुई मध्ये एक ब्राम्हण र अर्कोले दलित दलित परिवारका हुन्छन् । दुईको जात नमिले पनि विचार समान हुन्छ र उनीहरुको मित्रता टुट्दैन । दुबैको सपना समान हुन्छ र सपना पुरा गर्नकै लागि कालोपोथी पाल्छन् ।

एकदिन कालोपोथी हराएपछि उनीहरुको जीबनमा अर्को संकट सुरु हुन्छ । चलचित्रका निर्माता छिरिङरितार शेर्पाले चलचित्रको कथा सरल तर, विश्वब्यापी भएको बताए । नेपाली चलचित्रका लागि यो एउटा आफैंमा महत्वपूर्ण अवसर भएको भन्दै निर्माता शेर्पाले भेनस फिल्म फेष्टिवलमा जानु आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताए ।

निर्देशक भाम राम्रो फिल्म बनाउने निर्देशकका रुपमा चिनिन्छन् । उनको अघिल्लो फिल्म ‘बाँसुल्ली’ पनि भेनिस फिल्म फेष्टिवलमा सहभागी भएको थियो । बाँसुल्लीले टोरन्टो नेपाली फिल्म फेष्टिवलमा जुरी अवार्ड पाएको थियो ।

निर्देशक भामले अविनाश विक्रम शाहको सहकार्यमा यसको स्क्रिप्ट तयार पारेका थिए । चलचित्रमा खड्गराज नेपाली, शुक्रराज रोकाया, जीत बहादुर मल्ल, हंस खड्का, विपिन कार्की, बेनिशा हमाल लगायतको अभिनय रहेको छ । बेनिशाले शिक्षिकाको भुमिका निर्वाह गरेकी छिन् ।

यो चलचित्र फेष्टिवलमा सहभागी भएपछि ३४ देशमा प्रदर्शन हुने भएको छ । यस चलचित्रलाई स्क्रिप्ट हेरेरै यस अघि बर्लिन फिल्मको वल्ड फेष्टिवलको वल्ड सिनेमा फण्डले ३० हजार युरो दिएको थियो । त्यस्तै स्वीस फण्ड भिजनले ५० हजार स्वीस फ्याङक दिएको थियो । यसको लागत तीन करोड रहेको निर्माता शेर्पाको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment