Comments Add Comment

प्रहरीलाई हेपेको भन्दै आमिर बिरुद्ध उजुरी

amir-khan

मुम्बई । अभिनेता आमिर खान बिरुद्ध एक फिल्म निर्देशकले दिल्ली प्रहरीमा उजुरी गरेका छन् । चलचित्र ‘पिके’ मा आमिरले प्रहरीलाई ‘ठुल्ला’ भनेको भन्दै उनले आमिर बिरुद्ध उजुरी गरेका हुन् ।

सर्ट फिल्म निर्माता उल्हास पीआरले पूर्वी दिल्लीको अशोक नगर प्रहरी थानामा आमिर बिरुद्ध उजुरी दर्ता गरेका छन् ।

आमिर अभिनित एवं निर्मित चलचित्र ‘पिके’ मा दिल्ली प्रहरीलाई ‘ठुल्ला’ भनेर सम्बोधन गरिएको छ भने ठाँउ ठाँउमा प्रहरीले घुस लिएको पनि देखाईएको छ ।

निर्माता उल्हासका अनुसार यस्ता दृष्यले प्रहरीको प्रतिष्ठामा चोट पुग्छ । यो फिल्म भारत बाहेकको देशमा समेत प्रदर्शन भएकाले फिल्मले विश्वभरका दर्शकलाई दिल्ली प्रहरीको वारेमा भ्रमित बनाएको उल्लेख छ ।

त्यसो त केही महिना पहिले दिल्लीका मुख्य मन्त्री अरबीन्द केजरीवालले पनि दिल्ली प्रहरीलाई यस्तै आरोप लगाएका थिए । केजरीवाल बिरुद्ध एफआईआर दर्ता भएको थियो ।

मुख्यमन्त्री बिरुद्ध समेत उजुरी दर्ता भएकाले आमिरलाई कार्वाही हुनुपर्ने उल्लासको भनाई रहेको छ । यस अघि उनले अमिताभ बच्चन बिरुद्ध पनि उजुरी गरेका थिए । अमिताभले राष्ट्रगान सही ढंगले नगाएको उनको आरोप थियो ।
यता सलमान खानकी बहिनी अर्पिताले आफ्नो बर्थ डे मनाउने क्रममा राती अबेरसम्म म्युजिक बजाए वापत जरिवाना तिरेकी छिन् ।

त्यस्तै सलमान खानकी बहिनी अर्पितालाई राती चर्को स्वरमा म्यूजिक बजाएर अरुलाई डिष्टर्ब गरेको भन्दै प्रहरीले १२ हजार पाँचसय जरिवाना तिराएको छ ।

नियम त राती १० बजेपछि चर्को स्वरमा म्युजिक बजाउन पाईदैन । तर, अर्पिताले बर्थ डे मा नियम उलंघन गरेको भन्दै प्रहरी आफैले म्युजिक बन्द गराएको थियो ।

बिबाहपछि अर्पिताको पहिलो बर्थ डे थियो । कार्यक्रममा सलमान बुबा सलिम खान, आमा हेलेन, भाई अरबाज खान र सोहेल खान अर्पिताका श्रीमान आयुष लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment