Comments Add Comment

दलीय संगठनको निर्णय दलका सदस्य एनआरएनए उम्मेदवार बन्न नपाउने

जर्मनी । एमालेको प्रवासी संगठन प्रवासी नेपाली मन्च जर्मनीले गैरआवासीय नेपाली संघ (एनआरएनए) राजनीतिक दलका कार्यकर्ता उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ ।

मञ्चको अनलाइन बैठकले कुनै पनि राजनीतिक दलमा आवद्ध कार्यकर्ता आगामी एनआरएनए जर्मनीको कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको हो ।

uml flagवैठकले एनआरएनएको निर्वाचनमा राजनैतीक, धार्मिक, क्षेत्रीय तथा धार्मिक आधारमा प्रचारप्रसार गर्न नपाईने तथा एनआरएनएका कार्यकारी पदहरुमा राजनैतिक पार्टीसँग र धार्मिक, क्षेत्रीय तथा धार्मिक संस्थामा पदेन सदस्य रहेका ब्यक्तिहरुले एनआरएनएको निर्वाचनमा उमेद्बार बन्न नपाउने आचारसंहिता लागू गरेको छ ।

प्रवासी नेपाली मञ्च जर्मनीको बैठकले एनआरएनएले आफ्नो संस्थालाई गैरराजनीतिक चरित्रको बनाउने अभियान अन्तर्गत ल्याएको एनआरएनएको निर्वाचन सम्बन्धी प्रस्तवनाको पूर्ण समर्थन गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको प्रवासी नेपाली मञ्च जर्मनीका अध्यक्ष रणबहादुर विकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मञ्चले राजनैतीक आस्थालाई आधार बनाएर समूह गठन नगर्न र ब्यक्तिगत रुपमा आ-आफ्नो क्षमता र सामाजिक सक्रियताका आधारमा एनआरएनएको नेतृत्वमा सहभागी हुन पनि आहृवान गरेको छ ।

कुनै पनि राजनीतिक संगठनको आधारमा उम्मेदवारहरु सिफारिस नगर्न तथा एनआरएनएको निर्वाचनताका राजनीतिक आस्थालाई आधार बनाएर प्रचारप्रसार नगर्न पनि मञ्चले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment