Comments Add Comment

मृत्युलाई जितेर फर्किएका थिए अमिताभ

amitav-bachhanमुम्बई । अभिनेता अमिताभ बच्चनले भनेका छन् । हिन्दी चलचित्र ‘कुल्ली’ को सेटमा भएको दुर्घटनापछि मेरो हित चिताएर प्रार्थना गर्नुहुनेहरुप्रति कृतज्ञ छु ।

यो दुर्घटना ३३ वर्ष पहिला भएको थियो । दुर्घटनामा अमिताभ सख्त घाईते भएका थिए । ७२ वर्षीय बच्चनले आईतवार ट्वीट गर्दै भनेका छन् ‘२ अगस्त सन १९८२ को दुर्घटनापछि पनि बाँचीरहेको छु । घर फर्किंदा बुबाको आँखामा पहिलो पटक आँशु देखें ।’

दोस्रो ट्वीटमा उनले भनेका छन् ‘ती सबै महानुभावप्रति आभार ब्यक्त गर्छु जसले मेरो लागि प्रार्थना गर्नु भयो ।’ सन १९८२ मा मनमोहन देसाईको चलचित्र कुल्लीमा फाईटको दृष्य सुटिङ गर्दै गर्दा उनका मित्र पुनीत इस्सरको मुक्का अमिताभको पेट भन्दा तल लागेको थियो ।

अमिताभलाई तत्कालै अस्पताल लगिएको थियो भने उपचारको शिलसिलामा अप्रेशन गर्नु परेको थियो । उपचारको क्रममा अमिताभ केही दिन कोमामा बस्नु परेको थियो ।

पूर्ण स्वास्थ्य हुनका लागि केही महिना लागेको थियो । ठिक भएपछि बाँकी सुटिङ गरेका थिए भने सन १९८३ मा फिल्म रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment