Comments Add Comment

स्वरेजले गोल गरे, बार्सिलोनाको हार टरेन

Luis-Suarez

१८ साउन, काठमाडौं । बार्सिलोनाका लुइस स्वरेजले प्रि सिजन टुरमा तेस्रो गोल गरेका छन् । तर, उनको यो गोल युरोपियन च्याम्पियनलाई फिओरेन्टिनाविरुद्ध जित दिलाउन भने अपर्याप्त रहृयो ।

आइतबार राति भएको खेलमा बार्सिलोनाका लिओनल मेस्सी र नेयमारलाई आराम दिइएको थियो । दुबै खेलाडीले प्रि सिजन टुरमा भाग लिएनन् ।

घरेलु मैदानमा भएको खेलमा फिओरेन्टिनाले सुरुवाति १२ मिनेटमा दुई गोल गरिसकेको थियो । १७ औं मिनेटमा स्वरेजले गोल गरे ।

तर, खेलमा थप गोल हुन सकेन र बार्सिलोना २-१ ले पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment