+
+

एनएमबि बैंकको मोबाइल बैंकिङमा डिम्याट सेवा

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १८ गते १०:४८

१८ साउन, काठमाडौं । एनएमबि बैंकले आफ्नो मोबाइल बैंकिङ सेवामा डिम्याट सेवा पनि समावेश गरेको छ । अब ग्राहकले मोबाइलमा आफ्नो डिम्याट खाता हेर्न सक्नेछन् ।

NMB-Bank-LTDमोबाइलफोनमा डिम्याट खाता हेर्न सकिने गरी सुविधा प्रदान गर्ने एनएमबि बैंक नेपालकै पहिलो भएको दाबी गरिएको छ । मोबाइलबाट डिम्याट खाता हेर्न सकिने भएपछि शेयरधनीहरुले जुनसुकै बेला जहाँ सुकैबाट आफ्नो धितोपत्ररशेयरहरु सम्वन्धमा मोबाइलबाटै जानकारी लिन सक्नेछन् ।

शेयरधनीहरुले बैंकमा डिम्याट खाता खोलेपछि आफ्ना शेयरहरुलाई अभौतिकीकृत रुपमा राख्न तथा आवश्यकता अनुसार कारोबार गर्न सजिलो हुनेछ । डिम्याट खाताअन्तर्गत खातावालहरुको हकप्रद शेयर तथा शेयर लाभांश समेत सिधै उनीहरुको खातामा जम्मा हुने भएकोले हरेक कारोबार सरल तथा सहज हुने विश्वास लिइएको छ ।

डिम्याट खाता एनएमबि बैंकको कुनै पनि शाखा वा एनएमबि बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एनएमबि क्यापिटल लिमिटेडबाट खोल्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?