Comments Add Comment

चीनको मदिरामा भियग्रा

viagra-drink

१८ साउन, काठमाडौं । चीनमा उत्पादित केही मदिराहरुमा यौन शक्तिवर्द्धक औषधि भियग्रा मिसाएको पाइएको छ । चीनका खाद्य सुरक्षा अधिकारीहरुले यसको पुष्टि गर्दै थप जाँच भैरहेको जानकारी दिएका छन् ।

चीनको दक्षिणस्थित लियोजो शहरमा खाद्य सुरक्षा अधिकारीहरुले गरेको जाँचबाट भियग्रा मिसाएको पुष्टि भएपछि करिब ५ हजार ३ सय बोतल मदिरा बरामद गरिएको छ । ति मदिरा उत्पादक कम्पनिबाट सिल्डानेफिलको सेतो पाउडर बरामद भएको छ जुन आमरुपमा भियग्राको नामले चिनिन्छ ।

लियोजो खाद्य एवं औषधि प्रशासनका अनुसार भियग्राको पाउडर ‘बाईजियू’ नामक मदिरामा मिसाएको पाइएको बीबीसीमा उल्लेख छ । यो मदिरा चीनमा निकै रुचाइएको मदिरामा गनिन्छ ।

अधिकारीहरुका अनुसार मदिरा उत्पादकहरुले ग्राहकहरुलाई भ्रममा पार्न मदिरामा स्वास्थ्य लाभ हुने गुण रहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment