Comments Add Comment

कृषि र पशुपालन क्षेत्रमा साढे आठ करोडको क्षति

१८ साउन, इलाम । एक महिनाअघि परेको वर्षात्का कारण गएको पहिरोबाट कृषि र पशुपालन क्षेत्रमा रु साढे आठ करोडको क्षति भएको छ । पहिरोले दुई नगरपालिका र तीन गाविसका किसानको आठ करोड ४८ लाख १६ हजार ८०० बराबरको क्षति पुर्याएको हो ।

पहिरोले सूर्याेदय र इलाम नगरपालिका तथा शान्तिपुर, लक्ष्मीपुर, गोदक गाविसमा सो क्षति पुर्याएको हो । कृषितर्फ धान, मकै, अलैँची, अदुवा, चिया, माछा, तरकारी र पशुसेवातर्फ गाईभैँसी, गोरु, बाख्रा, घोडा, बङ्गुरको क्षति भएको छ ।

जिल्ला कृषि विकास कार्यालयले दिएको तथ्याङ्कअनुसार रातभरको वर्षात्पछि गएको पहिरोले रु आठ करोड ४८ लाख १६ हजार ८०० को क्षति पुगेको हो ।

कार्यालयका अनुसार ५२० रोपनी क्षेत्रफलमा भएको मकैखेतीबाट १५ लाख नौ हजार ४५०, ८१३ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा २८ लाख ६४ हजार ५३८  रोपनीमा गरिएको अलैँचीमा  चार करोड ८४ लाख १५ हजार, ६१५ रोपनीमा लगाइएको अदुवाखेतीमा  दुई करोड ८६ लाख ५७ हजार २० क्षति भएको छ ।

बयासी रोपनीमा गरिएको चियाखेतीमा रु १६ लाख ५० हजार र रु एक लाख २० हजार मूल्य बराबरको माछामा क्षति भएको कार्यालयका प्राविधिक सहायक केशर मग्रातीले जानकारी दिनुभयो । वर्षाले पनि तरकारीमा लाखौँको क्षति पु¥याएको कार्यालयले जनाएको छ ।

क्षतिको विवरण सङ्कलन गरी जिल्ला दैवी प्रकोप उद्धार समिति, क्षेत्रीय कृषि निर्देशनालय, कृषि विभाग र कृषि मन्त्रालयमा पठाइएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले जानकारी दिए ।

यसैगरी पशुपालन क्षेत्रमा समेत रु १६ लाखको क्षति पुगेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका प्राविधिक डिकबहादुर कार्कीका अनुसार शान्तिपुर, लक्ष्मीपुर र गोदक गाविस तथा सूर्योदय नगरपालिका र इलाम नगरपालिकामा वर्षात्पछि गएको पहिरोमा परेर गाईभैँसी, गोरु, बाख्रा र बङ्गुर मर्दा किसानलाई क्षति पुगेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment