Comments Add Comment

अमेरिकाका नेपालीले बीपीलाई सम्झिए

कोलोराडो । अमेरिकाका बस्ने नेपालीहरुले कोलोराडोको बोल्डरमा कार्यक्रमम गरी जननायक विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गरेका छन् । बीपीको ३३ औं स्मृति दिवस मनाएर उनीहरुले बीपीलाई सम्झिएका हुन् ।

नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टरको आयोजनामा आयोजित बीपी स्मृति कार्यक्रममा वक्ताहरुले बीपीको राजनैतीक तथा साहित्यिक जीवनीको चर्चा गरेका थिए । कार्यक्रममा पूर्व सांसद बीरबहादुर सिंहले बीपीको योगदानको कदर गर्दै नेपालमा बीपीको अभाव अभाव खट्कीएको बताए । राष्ट्रले बीपीको देनलाई कहिल्यै भुल्न नहुने उनले बताए ।

BP-koloradoआफूले अंगालेको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद नीति लागू गरी जनतालाई न्यूनतम गाँस, बास, कपासको आवश्यकता परिपूर्तिको लागि तत्कालीन शासकहरुसँग जुधेर मात्र नसकिने अवस्था आएपछि राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केको स्मरण गरे ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, नेपाली कांग्रेस गोरखाका पूर्व जिल्ला सभापति बुद्धि लामिछाने, नेपाली जनसम्पर्क समिति केन्द्रीय सदस्य जगन्नाथ गौतम, अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम बिक, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमुधीं कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ, एनआरएन कोलोराडोका अध्यक्ष बासुदेव खनाल, अन्तर्राष्ट्रिय साहित्य समाजका कोलोराडोका अध्यक्ष भुपेन्द्र महत, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ लगायतले बीपीको योगदानबारे चर्चा गरेका थिए ।

नेपाली जन सम्पर्क समिती कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भूकम्पबाट क्षतिग्रस्त गोरखा जिल्लास्थित भगवती हिमाली उमावि र गणेश प्राविको भवन निर्माणार्थ एक, एक लाख सहयोग गर्ने धर्मराज श्रेष्ठ, चन्द्रकुमारी श्रेष्ठ र भगवती लामीछानेलाई सम्मान गरिएको थियो ।

-नातिबाबु भट्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment