Comments Add Comment

जोलीले फेसबुकबाटै बनाए ओलीलाई प्रधानमन्त्री !

१८ साउन,काठमाडौं । नेपालका शीर्षनेताहरु धमाधम भारत सरकारको निम्तोमा दिल्ली गएर फर्किरहेका बेला भारतको सत्तारुढ दल भाजपाका एक प्रभावशाली नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालका भावी प्रधानमन्त्री भन्दै फेसबुकमा लेखेका छन् ।
Oli-and-Jelly
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख समेत रहेका प्रभावशाली नेता जोलीले हालै नेपाल आएका बेला ओलीसँग खिचेको फोटो फेसबुकमा पोष्ट गर्दै उनलाई नेपालका भावी प्रधानमन्त्री भनेका हुन् ।

एमाले निकट युवा संघको आयोजनामा भएको एक कार्यक्रममा भाग लिन गत साता जोली भाजपाका अन्य केही प्रभावशाली नेता र सभासदसहित काठमाडौं आएका थिए ।

जोलीले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुसँग भेट गरेका थिए ।

जोलीको आधिकारिक फेसबुक पेजमा ओलीसँग हात मिलाउँदै गरेको र वार्ता चलिरहेको तीनवटा फोटोहरु पोष्ट गरिएका छन् । त्यसको स्टाटसमा नेपालका भावी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई शुभकामना दिदै बरिष्ठ नेता जोली भनिएको छ ।

Vijaya-Jolly

भाजपामा गृहमन्त्री राजनाथ सिंह र परराष्ट्रमन्त्री शुष्मा स्वराजपछि नेपाल मामिला विज्ञका रुपमा चिनिने जोलीले ओलीलाई जानी बुझी नेपालका ‘भावी प्रधानमन्त्री’ भनेर लेखेका छन् ।

जोलीलाई युवा संघको कार्यक्रममा ल्याउन आफैं दिल्ली पुगेका युवा संघ मधेश ब्यूरो प्रमुख सञ्जिव झाले भाजपाका नेताहरुले ओलीलाई नेपालको भावी प्रधानमन्त्रीकै रुपमा हेर्ने गरेको बताए ।

झाले भने- ‘सोल्टी होटलको कार्यक्रममै पनि जोलीले पटक पटक नेपालको भावी प्रधानमन्त्री एवं महान राष्ट्रवादी नेता भनेर हाम्रो अध्यक्ष कमरेड ओलीलाई सम्बोधन गर्नुभयो ।’

स्रोतका अनुसार भारतसँग बिग्रिएको ओलीको सम्बन्ध सुधारका लागि ओलीसँगकै सल्लाहमा जोलीको टोलीलाई काठमाडौंमा कार्यक्रम आयोजना गरी बोलाइएको हो ।

जोली मार्फत दिल्लीसँग ओलीको सम्बन्ध सुधारकै लागि ओली निकटस्थको बर्चश्व रहेको युवा संघले नेपाल-भारत सम्बन्ध बारे गोष्ठी आयोजना गरेको थियो ।

सो कार्यक्रम आयोजना गर्न बालकोटबाट सहयोग भएको स्रोतले जनाएको छ । जोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मध्येका पर्छन् ।  जोलीले नेपाल बसाइका क्रममा कम्तिमा तीनपटक ओलीसँग गोप्य वार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment