Comments Add Comment

अमेरिकाको सर्वोच्च शिखरको ढुङ्गा प्रधानमन्त्रीलाई उपहार

Sanjaya Pandit

१८ साउन, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालालाई कृतिमानी विश्व पर्वतारोही एवम् अल्ट्रा धावक सञ्जय पण्डितले अमेरिका महादेशकै सर्वोच्च शिखर अर्जेन्टिनास्थित अकोन्कगुआ चुचुरोको ढुङ्गा साहसिक चिनोका रुपमा प्रदान गरेका छन् ।

सात महादेशका सातै सर्वोच्च हिमाल आरोहणको सिलसिलामा सञ्जयको अब अन्टार्टिका महादेशको भिन्सन मसिफ शिखर आरोहण गर्न बाँकी छ ।

प्रधानमन्त्री कोइरालाले आरोही सञ्जयले विश्व समुदायमा नेपाललाई परिचित गराउन योगदान पुर्याएको भन्दै आगामी आरोहणका लागि सफलताको शुभकामना दिए ।

आरोही सञ्जयले यसअघि उक्त ढुङ्गाको आधा भाग खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई हस्तान्तरण गरिसकेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment