Comments Add Comment

३९ उच्च मावि खारेज, सबैभन्दा धेरै ललितपुरका

HSEB-Nepal१८ साउन, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले देशभरिका ३९ वटा उच्च माविको सम्वन्धन खारेज गरेको छ । खारेज हुनेमा सबैभन्दा धेरै ललितपुरका छन् ।

दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका ७१ वटा उच्च माविलाई परिषदले गत असार ७ गते सार्वजनिक सूचना निकालेर १५ दिनभित्र स्पष्टीकरण मागेको थियो ।

स्पष्टिकरण नदिएका उच्च माविको सम्बन्धन खारेज गरिएको उच्च माध्यमिक शिक्षा परिषद सम्वन्धन शाखा प्रमुख गोविन्द खनियाले जानकारी दिए ।

कुन-कुन परे खारेजीमा ?

सम्बन्धन खारेज हुनेमा सबैभन्दा धेरै ललितपुरका सात वटा उच्च मावि छन् । ललितपुर कलेज, सिम्बायोसिस एकाडेमी नख्खु, बाल शिक्षा सदन ग्वार्को, चेतना विद्याश्रम लामाटार, रुपक मेमोरियल इन्टरनेशनल, सेन्टपल उच्च मावि ठेचो र बालकुञ्ज उच्च मावि लुभु खारेजमा परेका छन् ।

काठमाडौं डिल्लीबजारको डिल्लीबजार कन्या बहुमुखी क्याम्पस र बत्तिसपुतलीको सत्यसाई शिक्षा सदन खारेज भएका छन् । बुढानिलकण्ठको बुढानिलकण्ठ आश्रम उच्चमावि, पुरानोबानेश्वरको रिलायन्स रेजिडेन्सियल स्कूल र कलंकीको पिनाकल स्कलर्स एकेडेमी खारेज भएको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । भक्तपुरको मध्यपुरठिमी स्थित जनआदर्श क्याम्पस पनि खारेज भएको छ ।

त्यस्तै, मोरङका पाँच वटा, झापा, मकवानुपर, तनहुँ र नवलपरासीका दुई-दुई वटा उच्च मावि खारेज भएका छन् । परिषदका अनुसार भक्तपुर, इलाम, उदयपुर, धनुषा, दोलखा, काभ्रे, लमजुङ, रुपन्देही, प्युठान, रुकुम, बर्दिया र सुर्खेतका एक-एक वटा उच्च मावि खारेजीमा परेका छन् ।

कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउन यसअघि अनुमति लिएका ती उच्च माविलाई कुनै पनि शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना नगर्न-नगराउनसमेत परिषदले भनेको छ ।

खारेज भएकाहरुको पूरा विवरण हेर्नस्

HSEB-Kharej

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment