Comments Add Comment

पूर्व प्रमुख निर्वाचन आयुक्त शाहको निधन

१८ साउन, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त सुन्दरप्रसाद शाहको निधन भएको छ ।

लामो समयदेखि घाँटीको ट्युमरबाट पीडित पूर्व प्रमुख आयुक्त शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा गएराति निधन भएको उनका छोरा सञ्जीवले जानकारी दिए । शाह ८३ वर्षका थिए ।

निजामती सेवामा लामो अनुभव सम्हालेका शाहले सूचना तथा सञ्चार र गृह मन्त्रालयको सचिवका रुपमा नेतृत्व सम्हाल्ने अवसर पाएका थिए ।

निजामती सेवाबाट निवृत्त भएपछि उनले पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष, तत्कालीन राजपरिषद् स्थायी समितिको सदस्य र प्रमुख निर्वाचन आयुक्त भई काम गरेका थिए ।

उनको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका एक छोरा र एक छोरी छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment