Comments Add Comment

दशैबाट असोजमा सर्‍यो चंखे शंखे पंखे, फेसबुकको पीडा सार्वजनिक

chankhe
कात्तिक ३ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘चंखे शंखे पंखे’को प्रदर्शन मिति करिब एक महिना अगाडि सारिएको छ । दशैमा अन्य ३ वटा चलचित्र पनि प्रदर्शनमा आउने भएपछि यो चलचित्रले हल पाउने संभावना घटेको थियो । जसकाकारण महंगो बजेटको यो चलचित्रलाई एक महिना अगाडि नै सार्न यसको निर्माणपक्षले उत्तम ठानेको हो ।

प्रदर्शन मिति अगाडि सरेपछि यसको निर्माणपक्षले ‘फेसबुकैले विचल्ली पार्यो नि’ बोलको गीत सार्वजनिक गरिएको छ । ताराप्रकाश लिम्बुको संगीत, एकनारायण भण्डारीको शब्द रहेको यो गीतमा रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बुको स्वर छ ।

चलचित्रमा सुर्दशन थापा, प्रेम पुरी, सुवास थापा, पूजा शर्माको मुख्य भूमिका छ । सुदर्शन थापाले नै निर्देशन गरेको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । यही यूनिटले अहिले ‘प्रेमगीत’ नामक चलचित्रको निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment