Comments Add Comment

‘होस्टेल रिटर्न्स’ प्रचार शैली’ : जसले बढी प्रचार गर्‍यो, उही ‘बेष्ट फ्यान’

hostel-returns-publicity
सामाजिक संजालको प्रयोगमा यूवापुस्ताको क्रेज बढ्दै जाँदा चलचित्र निर्माण गर्नेहरुले पनि यसलाई प्रचारको मुख्य माध्यम बनाउन थालेका छन् । चलचित्रको जानकारी धेरै भन्दा धेरै जहाँसम्म पुर्‍याउन सकिन्छ, त्यसमा निर्माताहरु लाग्न थालेका छन् ।

भदौ ४ गतेबाट हलमा चल्न लागेको चलचित्र ‘होस्टेल रिटर्न्स’को प्रचारका लागि निर्माता सुनिल रावलले पनि फेसबुकको प्रयोग गरिरहेका छन् । उनले चलचित्र प्रचारका लागि फेसबुकमा ‘वेष्ट फ्यान’को खोजी थालेका हुन् ।

फेसबुकमा जसले बढी चलचित्रको प्रचार गर्छ, उही नै ‘बेष्ट फ्यान’ बन्नेछन् । यो साताका लागि भिष्म जोशी, किरण आचार्य, युसन राई, अनुप कुँवर, योगेश श्रेष्ठ र केदार भुषाललाई ‘बेष्ट फ्यान’ चयन गरिएको छ । उनीहरुलाई चलचित्रको टिसर्ट उपहार दिइएको छ । यस्तै, चलचित्रको निर्माण यूनिटले कलाकारको सहभागीतामा काठमाण्डौ, भक्तपुर र ललितपुरमा कन्सर्टको आयोजना गर्ने भएको छ ।

साउन २८ गते पेप्सीकोलाबाट सुरु हुने कन्सर्ट कार्यक्रम भदौ ३ गते काठमाण्डौको खुलामञ्चमा आएर टुंगिनेछ । इन्जिनियर बन्न चाहने विद्यार्थीको रोचक कथामा तयार भएको चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का लगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment