Comments Add Comment

पोखरा स्पोटर्स अवार्ड हुने

सन्देश श्रेष्ठ

१८ साउन, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले पोखरा स्पोर्टस् अवार्ड गर्ने भएको छ । कास्की क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्धेश्यले अवार्ड गर्न लागेको मञ्चले जनाएको छ ।

सोमबार बसेको बैठकले आगामी भदौ १८ गते अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपानेले जानकारी दिए । उनले खेल क्षेत्रमा योगदान दिनेलाई हौषला प्रदान गर्न अवार्ड गर्न लागेको बताए ।

मञ्चका सचिव दिननाथ वरालका अनुसार यस वर्ष खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गर्नुका साथै १ जना पुरुष र १ जना महिला खेलाडीलाई पनि सम्मान गरिनेछ । सम्मानित व्यक्ति चयनका लागि छनौट समिति बन्ने उनले बताए ।

कास्कीमा पहिलो पटक उक्त अवार्ड गर्न लागिएको भन्दै मञ्च कास्कीले सहयोगका लागि व्यक्ति तथा संघसंस्थालाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment