Comments Add Comment

युएम बाइकको अत्याधुनिक शो-रुम नाचघर जमलमा

UM Bike Showroom (6)

१८ साउन, काठमाडौं । अमेरिकन मोटरसाइकल ब्रान्ड युएमको जमलस्थित नाचघरमा शो-रुम खुलेको छ । युएमको नेपाली बिक्रेता आइएमई अटोमोटिभ्सले जमलमा अत्याधुनिक शो-रुम खोलेको हो ।

शो-रुमको सोमबार नेपाल उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफर कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल लगायतले संयुक्त उद्घाटन गरे ।

आइएमई ग्रुपको भगिनी कम्पनी आइएमई अटोमोटिभ्स हालैमात्र युएम ग्लोबलको नेपाली बिक्रेता बनेको हो । कम्पनीले जनवरीसम्म १० हजार बाइक तथा स्कुटर बिक्री गर्ने लक्ष्य राखेको छ ।

UM Bike Showroom (3)

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका अध्यक्ष ढकालले युएम बाइक स्टाइल र डिजाइनमा उत्कृष्ट रहेको बताए । विश्वविख्यात अमेरिकन बाइकको बिक्री सुभारम्भसँगै आइएमई अटोमोटिभ्सको टू ह्वीलर क्षेत्रमा नयाँ आयाम थपिने अपेक्षा उनले गरे ।

युएम बाइक मुलुकका प्रमुख शहरहरुमा शो-रुम खोलेर बिक्री सुरु गर्ने बताउँदै अध्यक्ष ढकालले बिक्री पछिको सेवालाई ध्यानमा राखेर सर्भिस सुविधाहरु स्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरे ।

सोही अवसरमा युएम इण्डियाका डाइरेक्टर राजिव मिश्राले आईएमई समूहसँगको सम्बन्धले युएम टुहिलरको बजार प्रबन्धनमा राम्रो सहयोग मिलेको बताए । आइएमईले नेपालका प्रत्येक शहरहरुमा सुबिधा सम्पन्न शो-रुमहरु खोल्ने तयारी गरेको र यसबाट नेपाली ग्राहकहरुलाई सजिलो हुने उनको भनाई थियो ।

UM Bike Showroom (5)

आईएमई अटोमोटिभ्सका प्रमूख कार्यकारी अधिकृत कपिल शिवाकोटीले युएम बाइकको मुख्य विशेषतामा डिजाइन र रँगहरु रहेको बताए ।

युएम बाइकहरु १२५ सीसीदेखि २३० सीसीसम्मको क्षमतामा उपलब्ध छन् । युएम स्कुटर, क्रुजर, क्याफे क्रुजर, डर्टस् एण्ड मोटार्डस्, कम्म्युटर र स्टि्रट सिरिजहरुमा उपलब्ध छ ।

यी बाइक तथा स्कुटरको मूल्य १ लाख ७२ हजार रुपैयाँबाट सुरु भई ३ लाख ८५ हजार ९ सय ९९ रुपैयाँसम्म कायम गरिएको छ ।

UM Bike Showroom (8)

युएम अमेरिकाको मोटरसाइकल ब्राण्ड हो । युएम बाइकको निर्माण र डिजाइन अमेरिकामा भएको कम्पनीको दाबी छ । हाल यो विश्वभर ३० देशका १३ सयभन्दा बढी स्टोरहरुमा बिक्री वितरण हुँदै आएको छ ।

भारतको उत्तराखण्ड, काशीपुरमा अवस्थित युएमको विश्वस्तरीय सुविधायुक्त कारखानाले नेपाल, भारत र दक्षिण पूर्वी एशियाको बजारमा बाइकहरु आपूर्ति गर्नेछ ।UM Bike Showroom (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment