Comments Add Comment

ऐश्वर्यालाई रिप्लेस गर्दै रोबट २ मा दीपिका

लामो समयदेखि निर्माण हुने चर्चा भएपनि साउथका सुपरस्टार रजनिकान्त अभिनित चलचित्र रोबटको सिक्वेल बन्न सकेको छैन । चलचित्रको छायांकन अब चाडै नै सुरु गर्ने तयारी गरिएको छ ।

जसका लागि रजनिकान्तसँग रोमान्स गर्न यसपटक नायिका दीपिका पादुकोणलाई चुन्न लागिएको चर्चा छ ।

यसअघि रोबटमा नायिका ऐश्वर्या रायले अभिनय गरेकी थिइन् । चलचित्रले बक्स अफिसमा धमालको व्यापार पनि गरेको थियो । तर, यसको सिक्वेलमा भने दीपिकाको नाम सबैभन्दा अगाडि आएको भारतीय संचारमाध्यमको दाबी छ ।

deepika-and-aishrya

चलचित्रका निर्देशकका अनुसार रजनिकान्तका लागि दीपिका सवैभन्दा सुहाउने जोडी पनि हुन् । यसैले दीपिकाको नाम अगाडि सिफारिश गरिएको हो । रजनी र दीपिकाले यसअघि चलचित्र ‘कोचाडियान’मा एकसाथ काम गरेका थिए ।

तर, यो चलचित्र बक्स अफिसमा असफल भएको थियो । अब भने , दीपिकाले ऐश्वर्यालाई रिप्लेस गर्ने तयारी गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment