Comments Add Comment

नेपाल र बंगलादेशबीच सिधा बस सञ्चालन गर्न छलफल

१८ साउन, काठमाडौं । नेपाल र बंगलादेशबीच सिधा बस सेवा सञ्चालन गर्ने विषयमा गृहकार्य सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि र बङ्गलादेशका यातायातमन्त्री ओबिदुल कादेरबीच आज मन्त्रालयमा ढाका र काठमाडौँबीच सिधा बस सेवा सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर प्रभात झाले जानकारी दिए ।

भुटान, बंगलादेश, भारत र नेपालमा सिधा बस सेवा सुरु गर्ने सम्बन्धमा दुई महिनाअघि भुटानको थिम्फुमा भएको सहमतिका आधारमा गृहकार्य गर्ने सहमति भएको उनले बताए । आइतबार नेपाल भ्रमणमा आएका मन्त्री कादेर भेटवार्ता सम्पन्न गरी आजै स्वदेश फर्कनुभएको मन्त्रालयले जनाएको छ ।

सिधा बस सेवा सञ्चालनमा आएमा नेपालको पूर्वी जिल्लामा पर्यटन प्रवद्र्धन हुनाका साथै बंगलादेशमा पढ्न गएका नेपाली विद्यार्थीलाई फाइदा पुग्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment