Comments Add Comment

अमेरिकी दूताबासको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ

१८ साउन,काठमाडौं ।  अमेरिकी दूताबासको कर्मचारी भन्दै ठगी गर्ने दिपक कार्की भन्ने केदार खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिन्धुपाल्चोक ज्यामिरे-१ घर भई थली बस्ने ३६ वर्षका खड्कालार्इ मनहरा नगरपालिका ७ कागेश्वरीबाट पक्राउ परेको हो ।

Kedar-Khadkaअमेरिका जाने चाहने मानिसहरूलार्इ उनले आफू काठमान्डौं स्थित अमेरिकी दूताबासको कर्मचारी भएको भन्दै ठगी गर्दै आएका थिए । उनको साथबाट दिपक कार्कीको नाममा बनाएको अमेरिकी दुतावासको नक्कली कर्मचारी परिचय पत्र, विभिन्न व्यक्तिको राहदानी लगायत बरामद भएको छ ।

प्रहरीका अनुसार उनले फोनबाट ब्लफ कल/मिस्ड कल गरी अन्जान ब्यक्तिसँग परिचय गर्ने र बिस्तारै सम्बन्ध प्रगाढ बनाउँदै अमेरिका जाने चाहना भए/नभएको बुझ्ने गरेको पाइएको छ ।

आफू अमेरिकी राजदुताबासको कर्मचारी भएको भन्दै उनले सो नक्कली परिचय पत्र देखाउने र लाखौं रकम लिने गरेको खुलेको छ । तर, रकम लिएपछि भने उनले आफुले प्रयोग गर्दै आएको फोन नम्बर परिवर्तन गर्ने गरेको पाइएको छ ।

प्रहरिका अनुसार उनले अनाथ वालवालिकासँग सम्बन्धी एनजीओ स्थापना गरी आफूले अमेरिकाबाट दान ल्याई संचालन गर्ने भन्दै मानिसहरूलार्इ साझेदार बनाउने र रकम ठगी गर्ने गरेको पाइएको छ ।

हाल सम्म केन्द्रिय अनुसन्धान ब्यूरोमा ७ जना पीडितले सम्पर्क गरेका छन् । ४ जनाबाट २० लाख भन्दा बढी रकम ठगी गरि सकेको देखिएको छ भने ३ जनाबाट कागजात लिएपनि रकम भने ठगी गर्न पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment