Comments Add Comment

खस्रा लेनमा गुड्दैनन् साइकल

१९ साउन, काठमाडौं । देशकै फराकिलो आठ लेन सडक। सडकका दायाँबायाँ दुवैतिर फराकिला साइकल लेन। अनि पेटी। माइतीघर–तीनकुने सडकको नयाँ पहिचान झल्काउने नवनिर्मित साइकल लेनमा कुनै साइकल गुडेको भने देखिँदैन।

cycle lane (2)चौडा सडक पक्की बन्नुभन्दा करिब दुई वर्षअघि २०७० असोज २३ गते तामझामसाथ साइकल लेन औपचारिक शुभारम्भ गरियो। सहरी विकास मन्त्रालयका तत्कालीन सहसचिव सुरेशप्रसाद आचार्य, विश्वसाइकल यात्री पुष्कर शाहसहित केही साइकलयात्री सम्मिलित र्या ली निकालेर लेनको औपचारिक प्रयोग थालिए पनि त्यसयता लेनमा साइकल गुडेनन्।

किन गुड्दैनन् त लेनमा साइकल?

‘अवैज्ञानिक साइकल लेन र साइकलका लागि अनुपयुक्त डिजाइनै साइकल नकुद्नुको मुख्य कारण हो,’ क्लिन इनर्जी नेपालका कार्यक्रम संयोजक तथा साइकल यात्री प्रशान्त खनाल भन्छन्।

उनका अनुसार साइकल लेन बनाउने क्रममा सरकारले झारा टार्ने हिसाबले निर्माण गरेकाले लेनको उपयोग हुन नसकेको नागरिक दैनिकमा खबर छ ।

‘सहरमा छुट्टै साइकल लेनबारे साइकल यात्रीले आवाज उठाइरहेका कारण सरकारले साइकल यात्रीको माग झारा टार्ने हिसाबले मात्र पूरा गरेको देखियो,’ उनले भने, ‘लेन बनाउने क्रममै उपयुक्त डिजाइन बनाउनुपर्ने सुझाव दिँदा कुनै वास्ता भएन।’

साइकल यात्रीहरूका अनुसार मूल सडकको तुलनामा साइकल लेनको डिजाइन फरक हुन्छ। साइकलको तौल, आकार, चक्का सानो हुने भएकाले साइकल लेनको डिजाइन र निर्माण पनि त्यसैका आधारमा हुनुपर्ने खनाल बताउँछन्।

उनका अनुसार साइकलको चक्का साना हुने भएकाले त्यहीअनुसार भुइँको सतहमा निर्माण गरिएको हुनुपर्छ। तर, तीनकुने–माइतीघर सडकमा साइकल गुडाउनै अप्ठेरो हुने गरी ब्रिक्स राखिएका छन्।

क्लिन इनर्जी नेपालले हालै सार्वजनिक गरेको साइकल लेनको अध्ययन प्रतिवेदनमा पनि तिनकुने–माइतिघर सडकको साइकल लेन अनुपयुक्त र अवैज्ञानिक रहेको उल्लेख छ। एक महिनाको अध्ययनपछि तयार प्रतिवेदनअनुसार साइकल लेनका विभिन्न ठाउँमा खाल्डाखुल्डी, उबडखाबड, लेन पूरा निर्माण नभएको, सडकसँग जोडिएका बाटो काट्ने ठाउँमा लेन समतल नहुनुका साथै निकै भिरालो, ठाउँठाँउमा साइकल बोक्नुपर्नेलगायत डिजाइन र निर्माणसम्बन्धी समस्या छन्। सतहको समस्याबाहेक लेनका करिब ७० स्थानमा विभिन्न अवरोध छन्।

‘सर्वप्रथम त साइकल गुडाउने भुइँ नै समतल नभएकाले अनुपयुक्त छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘साइकलको पांग्राअनुसार भुइँ सतह मिलेको र चिल्लो हुनुपर्नेमा लेनमा साइकल गुडाउन नसक्नुको मुख्य समस्या यही हो।’ प्रतिवेदनअनुसार साइकललाई साना–तिना गेगरले पनि समस्या पार्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment