Comments Add Comment

हवाइ भाडा घट्दै, सार्वजनिक सवारीको भाडा नघट्ने

१९ साउन, काठमाडौ । नेपाल आयल निगमले आयतबारदेखि हवाई इन्धन (एटीएफ)मा झण्डै १२ प्रतिशत मूल्य घटाएपछि आन्तरिक उडान भर्ने एयरलाइन्सहरुले पनि तत्काल हवाई भाडा घटाउने भएका छ ।

plane-hiवायुसेवा सञ्चालक संघ (आयोन)ले मंगलबार औपचारिक बैठक बसेर भाडा घटाउने तयारी गरेको छ ।

संघकाअनुसार हवाई भाडा ८ देखि १२ प्रतिशतसम्म घट्नेछ । इन्धन समायोजन पश्चात संघले हरेकपटक भाडा समायोजन गर्दै आएको छ । इन्धनको मूल्य यो वर्ष मात्रै ७ पटक घट्दा एटीएफमा भने दुई पटकमात्रै समायोजन गरिएको कारोबार दैनिकमा खबर छ ।

सरकारले आइतबार हवाई इन्धनको मूल्य १ सय ३३ रुपैयाँबाट १५ रुपैयाँ घटाएर १ सय १८ रुपैयाँ कायम गरेको छ ।
पुसमा पनि निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाउँदा संघले हवाई भाडा घटाएको थियो । यसपटक पछि ८ देखि १२ प्रतिशतसम्म घट्दा रुटअनुसार ५ सयदेखि एक हजार रुपैयाँसम्म भाडा घट्न सक्ने संघले जनाएको छ ।

यसअघि पुसमा भाडा समायोजन हुँदा संघले आन्तरिक उडानको सबैभन्दा लामो दूरीको उडान काठमाडौ-धनगढीका लागि ३ सय ८७ रुपैयाँ घटाएको थियो ।

पेट्रेलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक सवारीको भाडा घटाउने तर्फ भने सरकारले कुनै सुरसार गरेको छैन । आइतबार सरकारले डिजल र मट्टतिेलको मूल्य चार रुपैयाँ घटाएको थियो यसअनुसार अहिले सार्वजनिक सवारीको भाडा न्यूनतम ५ देखि ७ प्रतिशत घट्नुपर्ने हुन्छ ।

हवाई ब्यवसायी आफै भाडा घटाउन तम्सिरहेका बेला यातायात ब्यवसायी भने यातायातमन्त्रीदेखि सरकारका उच्च अधिकारीसम्मको लबिङमा लागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment