Comments Add Comment

जेलमुक्त भएपछि चार दिनका लागि भट्टराई उपकुलपति

१९ साउन, काठमाडौ । भ्रष्टाचार गरेको आरोप लागेका पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.खगेन्द्र भट्टराईसहित विशेष अदालतले २४ जना पदाधिकारीलाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई र सदस्यद्वय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलासले उनीहरुलाई भ्रष्टाचारको आरोपबाट मुक्ति दिएपछि मंगलवारदेखि नै पुरानै जिम्मेवारी सम्हाल्न पाउने गरी फैसला गरेको छ ।

उनको उपकुलपतिको म्यादा भने साउन २३ गतेबाट सकिँदैछ । मंगलवारदेखि भट्टराई चार दिनका लागि पुनः उपकुलपति हुनेछन्, नेपाल समाचारपत्रमा खबर छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाई विशेष अदालतमा मुद्दा दायर गरेपछि उपकुलपति प्रा.भट्टराईसहित आरोपित सबै निलम्बनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment