Comments Add Comment

नवलपरासीमा दुर्घटना, दुईको मृत्यु, २१ घाइते

१९ साउन, नवलपरासी । नवलपरासीका तीन छुट्टा छुट्दै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर  रहेको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक प्रेम जोशीले दिएको जानकारी अनुसार मंगलबार बिहान पाँच बजेको समयमा गैडाकोट ९ थुम्सीमा भएको दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

बसमा सवार १३ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ । मृतकको सनाखत हुन सकेको छैन् । मृतक ट्रक चालक रहेको प्रहरीको अनुमान छ ।

घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेज र सात जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ९९०० नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ६१ ३५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हाे ।

यस्तै सोमबार राति पौने १२ बजतिरको समयमा भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भई  पल्टिँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दुम्कीवास ५ मा  एच आर ४५ ए ९९९७ नम्बरको पल्टिदा ट्रक चाकलको घटना स्थलमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतकाे उत्तर प्रदेशको मेरठ मावानग्राम पञ्चायत बस्ने ५० वर्षको मोहमद  आइसान रहेका छन् । यस्तै घाइते हुनेमा सहचालक  ३० वर्षका मोहमद माजित रहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।

यसअघि सोमबार साँझ पूर्व पश्चिम राजमार्ग अन्तरगत दुम्कीबास १ मा माइक्रो बस पल्टँदा सात जना घाइते भएका छन् ।

दुम्कीबास प्रहरी चौकीका भक्तबहादुर जिसीका अनुसार काठमाण्डौ बाट बुटवलका लागि छुटेको लु १ ज २४ ४२ नम्मबरको माइक्रो बसको अगाडिको टायर पन्चर भई अनियन्त्रित भएर पल्टिएको थियो ।

रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment