Comments Add Comment

ब्याटले लागेर ९ वर्षीय बेसबल खेलाडीको मृत्यु

kaiser Bess Ball

१९ साउन, काठमाडौं । बेसबल खेलका क्रममा ब्याटले टाउकोमा लागेर अमेरिकामा एक ९ वर्षीय बेसबल खेलाडीको मृत्यु भएको छ ।

नेशनल बेसबल कंग्रेस वर्ल्ड रिसिज अन्तरगत शनिवार कन्सासको विचिटामा भएको खेलका क्रममा लिबरल बी जेज क्लबका खेलाडी केइजर कार्लिलको टाउकोमा ब्याटले लागेको थियो । सानडियगो वेभ्स विरुद्धको खेलका क्रममा ब्याटले टाउकोमा लागेर गम्भीर घाइते भएपछि उनलाई तत्कालै एम्बुलेन्समा चढाएर अस्पताल लगिएको थियो । उनको आइतबार मृत्यु भएको हो ।

लिबर बी जेज क्लबका अध्यक्ष नाथन म्याकक्याफ्रीले आइतबार बेलुकी केइजरको मृत्यु भएको पुष्टि गरेका छन् ।

साथै उनले यो दुखद घडीमा शोकाकुल परिवार तथा क्लबलाई साथ दिन पनि सबै शुभेच्छुकलाई आग्रह गरेका छन् । क्लबको फेसबुक पेजमा धेरैले मृतक बालक खेलाडीप्रति श्रद्धान्जली दिएका छन् ।

खेलका क्रममा केइजर घाइते भएर अस्पताल लगिएपछि पनि खेल भने रोकिएन र बी जेजले १३ इनिंग्समा १२-५ ले खेल जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment