Comments Add Comment

ऐश्वर्यासँग फिल्म खेल्ने योजना छैनः अभिषेक

abi-aish

अहिले आफ्नो कबड्डी टिमलाई लिएर लगातार सानो पर्दामा छाइरहेका अभिषेक बच्चन चाँडै नै उमेश शुक्लाको ‘अल इज वेल’ को साथ दर्शक माझ आउने भएका छन् ।

सन २०१० मा रिलिज भएको ‘खेलें हम जी जान से’ अभिषेकको सोलो भूमिका रहेको अन्तिम फिल्म थियो । पाँच वर्षपछि सोलो हिरोका रुपमा फेरि आउँदैछन् । अभिषेकको भनाई अनुसार उनका लागि यो फिल्म महत्वपूर्ण छ ।

हर असफलतावाट पाठ

अभिषेक फिल्म उद्योगमा आएको १५ वर्ष पूरा भयो । यो विचमा उनले अभिनय गरेका केही फिल्म आए । अभिषेककै भनाई अनुसार उनलाई आजसम्म आफुले काम गरेको कुनै पनि फिल्म मन पर्दैन । उनी भन्छन ‘मलाई मेरो कुनै पनि फिल्म मन पर्दैन । जब दोस्रो पटक कुनै फिल्म हेर्छु । लाग्छ, यो दृष्यमा अझै राम्रो अभिनय गर्न सक्थें ।’

आफ्ना असफल फिल्मबाटै पाठ सिकेको उनको भनाई छ । ‘हरेक असफल फिल्मवाट मैले काफी कुरा सिकें । तर, मैले आजसम्म जति फिल्ममा काम गरें कुनै गुनासो भने छैन ।’ उनले भने ।

उनी आफ्नो करिअरप्रति यस कारण खुसी छन् । उनको मान्यता अनुसार थोरै मान्छेले मात्रै यत्रो वर्षसम्म फिल्म उद्योगमा काम पाउँछन् ।

स्टारपुत्र हुँदाको फाइदा

amitabh-and-abhishek2 copy

उनको भनाई अनसार कोही कलाकारलाई कुनै अभिनेता वा निर्माताको सन्तान हुँदा फिल्ममा आउन निकै सजिलो हुन्छ । उनी भन्छन ‘बुबा आमासँग जोडिएको नोस्टालजियाकै कारण पनि दर्शक तिनलाई देख्न चाहन्छन्, ती पात्रलाई दबाब पनि अरुलाई भन्दा बढी हुन्छ ।’

आफ्नो पिताको नामको दबाव कत्तिको थियो भन्ने प्रश्नमा अभिषेक भन्छन ‘अहं मलाई कुनै किसिमको दवाव परेन ।’

अभिषेक आफ्ना बुबालाई यो पुस्ताको सबै भन्दा शक्तिशाली अभिनेता मान्छन् । आफ्नै कम्पनि एबीसीएलको ब्यानरमा अर्को फिल्म बन्दैछ । जसको अहिले स्त्रिmप्ट लेख्ने काम हुँदैछ ।

ऐश्वर्यासंग देखिने योजना छैन

aishwarya-rai-bachchan-abhishek-bachchan-amitabh-bachchan

अभिषेक अहिले कबड्डी लिगमा ब्यस्त छन् । यही क्रममा जयपुरमा एक म्याचको दौरानमा अजय देबगणसँगै देखिए ।

यसपछि कतिले अनुमान गरे । दुबै एकसाथ कुनै फिल्ममा देखिंदैछन् । अभिषेकले अनुमान केबल अनुमान रहेको बताउँदै भने ‘हामी दुबै तत्काल एकै फिल्ममा काम गर्दै छैनौं । अजय केबल म्याच हेर्न आएका थिए ।’

ऐश्वर्याको साथ कुनै फिल्ममा देखिने सम्भावना पनि तत्काल छैन । उनी रावण वा गुरु जस्तै दमदार स्त्रिmप्टको खोजीमा छन् । उनको भनाई अनुसार दुबैले एउटै फिल्ममा काम गर्नका लागि दुबैलाई मन पर्ने कथा हुन जरुरी छ ।

यो महिना ऐश्वर्या र अभिषेक दुबैका लागि विषेश हुने छ । किनकी यहि महिना अभिषेकको ‘अल इज वेल’ प्रदर्शन हुने भएको छ भने ऐश्वर्याको ‘जज्बा’ को टे्रलर रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment