Comments Add Comment

केटीको पछि लाग्ने लोखर्के पक्राउ, पुलिसले उल्टै खुवायो मह !

कुनै युवकले सुन्दरी षोडसीहरुको पिछा गरोस् त त्यो कुनै नयाँ समाचार बन्ने कुरा भएन । तर यदि कोही लोखर्के मुसाले केटीहरुको पिछा गर्यो भने केे होला ? समाचार त बन्छ नै त्यसले बबाल नै मच्चाउँछ ।

Lotharkeहो, जर्मनीमा हालै यस्तै घटना भएको छ । जर्मनीको नर्थ राइन वेस्टफालियास्थि बोट्रोपकी एक युवतीको पछि लागेको आरोपमा एउटा लोखर्केलाई प्रहरीले पक्राउ गरेको छ ।

एकजना महिलाले एउटा लोखर्के आफ्नो पछि लागेर हैरान बनाएको भनि पुलिसमा उजुरी दिएपछि प्रहरी कारवाहीमा उत्रिएको थियो । गल्लीमा टहलिरहेको मौकामा उक्त लोखर्केलाई आफुलाई पिछा गरेको र निरन्तर पिछा गर्न नछाडेको गुनासो ती महिलाको थियो । अन्ततः पुलिसले आक्रामक शैलीको उक्त लोखर्केलाई पक्राउ गर्यो ।

आफुले लोखर्केबाट मुक्त हुनका लागि अनेक उपाय गरेपनि नसकेको र लोखर्के आफ्नो पछि लाग्न नछाडेको भन्दै ती महिलाले फोनमार्फत प्रहरीमा उजुरी दर्ता गराएर आफुलाइ सहयोग गर्न अनुरोध गरेकी थिइन् । पछि पुलिसले उक्त लोखर्केलाई समातेर चौकीमा लगेपछि पो थाहा भयो की उक्त लोखर्के निकै कमजोर रहेछ ।

सायद जिउ कमजोर तथा विरामी भएकाले उसले मानिसको सहयोग तथा साथ खोज्दै वा कुनै खानेकुरा माग्दै ती युवतीको पिछा गरिरहेको होला ।

युवतीको पछि लाग्ने उक्त लोखर्केलाई पक्राउ गरेपछि पुलिसले कारवाही गर्नुको साटो उसको स्वास्थ्य अवस्था देखेर उल्टै मह पो खुवायो । प्रहरीले आफ्नो फेसबुक पेजमा लोखर्केलाई मह खुवाइरहेको भिडियो पोष्ट गरेको छ । उक्त लोखर्केलाई वन्यजन्तु उद्धार केन्द्रमा पठाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment