Comments Add Comment

पच्चीस सहकारी संस्था खारेज

Department-of-Cooperatives१९ साउन, इलाम । डिभिजन सहकारी कार्यालय, इलामले निस्क्रिय रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने तीन जिल्लाका २५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

कार्यालयले इलामका १८ वटा, पाँचथरका पाँच र ताप्लेजुङका दुई वटा सहकारी संस्था खारेज गरेको हो । खारेजीमा पर्ने सहकारी संस्थामा कृषि, बहुद्देश्यीय, बचत तथा ऋण, विद्युत्, दुग्ध उत्पादक संस्था रहेका छन् ।

विगत दुई आर्थिक वर्षदेखि आर्थिक कारोबारको विवरण तथा साधारणसभाको प्रतिवेदन नियमितरुपमा रजिस्टारको कार्यालयमा पेस नगरेको, लेखा परीक्षण पेस नगरिएको, कार्यालय सञ्चालन नगरिएकाले सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयकी सहकारी निरीक्षक प्रमिला पौडेल (भण्डारी) ले बताउनुभयो ।

सहकारी संस्थालाई बारम्बार मौका दिए पनि कार्यालयमा कागजात पेस नगरेकाले खारेज गर्नुपरेको उहाँको भनाइ छ ।

सहकारी ऐन २०४८ मा प्रत्येक सहकारी सङ्घसंस्थाले गरेको कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समयभित्रमा रजिस्टारसमक्ष पेस गर्नुपर्ने प्रावधान छ ।

यस्तै सहकारी ऐनको दफा ३४ बमोजिम डिभिजन सहकारी कार्यालयमा विवरण पेस गर्नुपर्ने हुन्छ । डिभिजन सहकारी कार्यालयले स्थानीय पत्रपत्रिकामा ३५ दिने सार्वजनिक सूचनामार्फत ९५ वटा सहकारी संस्थालाई सम्पर्क गर्न अनुरोध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment